मोरङको लेटाङ नगरपालिकाले आइतबारको विदा कटौती गर्‍यो

  • जेठ २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । संघीय सरकारले समेत शनिवार र आइतबार दिएको दुई दिने विदा कटौती गर्न लागेको समयमा लेटाङ नगरपालिकाले समेत दुई दिने विदा कटौ्रती गर्ने भएको छ ।

लेटाङ नगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले आइतबार विदा दिने संघको निर्णय लागू गर्न नसक्ने निर्णय गरेको हो ।

‘संघीय सरकारले पनि परीक्षणको रुपमा हप्तामा दुई दिन विदा दिने निर्णय लागू गरेको थियो,’ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले भने, ‘हामीले पनि परीक्षणकै लागि विदा नदिँदा के हुँदोरहेछ भनेर निर्णय गरेका हौं ।’

नगरपालिकाले सरोकारवाला निकाय, विद्यालयका प्रधानाध्यापक, अभिभावक तथा संघ–संस्थाका मानिसहरुसँग विदा दिने कि नदिने भन्ने विषयमा छलफल गरेको थियो । ‘उक्त छलफलले हप्तामा दुई दिन विदा दिने र बिहान चाँडो कार्यालय खोल्नुपर्ने हुँदा लामो बाटोबाट आउनुपर्ने विद्यार्थी, शिक्षक र कर्मचारीलाई असहज देखिएकोले १ दिनमात्रै विदा दिने र पहिलेकै अवस्थामा कार्यालयहरु सञ्चालन गर्ने निर्णय गरिएको हो,’ लावतीले भने ।

संघीय सरकारले गत जेठ १ गतेदेखि लागू हुनेगरी हप्तामा दुईदिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयमा शनिबार र आइतबार दुई दिन बिदा हुने र अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्ने उल्लेख थियो ।

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

बराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं ८ स्थित शुक ...

कामधेनु सहकारीका दुई ...

धरान/ इटहरीको कामधेनु दुग्ध विकास सहकारी संस्थासँग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved