धरानमा ४० फिटको बुद्धको प्रतिमा प्रदेश प्रमुखद्वारा अनावरण

  • जेठ २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान–४ छोटी मोरङमा ४० फिटको बुद्धको प्रतिमा अनावरण गरिएको छ । आइतबार प्रतिमाको अनवरण प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले गरेका छन् ।

सो अवसरमा बोल्दै प्रमुख खापुङले बुद्धको उपदेश, शिक्षा र ज्ञानले विश्वलाई प्रभाव पारेको बताएका छन् । उनले भने–‘बुद्धको उपदेश संसारभरि प्रख्यात छ, शान्तिका अग्रदूत बुद्धको उपदेशलाई आत्मसात गरेर जान सके सबैको लागि हितकारी हुन्छ ।’

उनले यहा निर्माण भएको बुद्धको प्रतिमाले धरानको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताए । उनले भने–‘धरान त्यसै पनि पर्यटकीय क्षेत्र हो, विजयपुरमा मठमन्दिरले प्रदेश एककै धार्मिक पर्यटक प्रवद्र्धनमा सहयोग पुगेको छ भने धरान ४ छोटी मोरङमा निर्माण भएको बुद्धको प्रतिमाले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्छ ।’

 १७५ फिट अग्लो विग थाउसेन्ड बुद्धको प्रतिमा बन्नुले धरानको पर्यटनमा कोशेढुंगा सावित हुने् बताए ।

कार्यक्रममा सूर्योदय बुद्ध विहारका प्रमुख भिक्षु मेधङकर स्थविरले धरान ४ को छोटी मोरङमा विग थाउसेन्ड बुद्ध निर्माण हुँदा जलाधार क्षेत्र भनिए पनि यहाँको पानी जलाधार क्षेत्र तर्फ नबग्ने र पूर्व मोहडा भई बग्ने भएकोले यसले जलाधार क्षेत्रलाई असर नगर्ने बताए । उनले भने–‘यो् जलाधार क्षेत्र भएपनि यसले जलाधार क्षेत्रलाई कुनै असर गर्दैन ।’

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

बराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं ८ स्थित शुक ...

कामधेनु सहकारीका दुई ...

धरान/ इटहरीको कामधेनु दुग्ध विकास सहकारी संस्थासँग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved