प्राइमभिजनले निःशुल्क होटल म्यानेजमेन्ट तालिम सञ्चालन गर्ने

  • जेठ २०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्राइमभिजन इन्टनरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले एसई दिएर बसेका विद्यार्थीहरुका लागि निःशुल्क होटल म्यानेजमेन्ट तालिम सञ्चालन गर्ने भएको छ ।

कलेजले एसईई दिएर घरमै बसेका विद्यार्थीहरुका क्षमतालाई अभिवृद्ध गर्ने उद्देश्यले निःशुल्क १० दिने होटेल म्यानेजमेन्ट तालिम संचालन गर्ने भएको हो ।
माध्यमिक परिक्षा सकेका विद्यार्थीहरुलाई कुन विषय अध्ययन गर्ने भन्ने द्विविधा नहास् भन्ने उद्देश्यले पनि तालिमको आयोजना गरिएका कलेजका संयोजक अनिल श्रेष्ठले जानकारी दिए ।

यही जेष्ठ २३ गते देखि सञ्चालन हुने तालिमको माध्यमबाट बिद्यार्थीहरुलाई होटल व्यवसाय सम्बन्धि जानकारी दिने, व्यवसायिक किचन सम्बन्धि जानकार बनाउने, विभिन्न परिकारहरु बनाउन सिकाउने, बनाएको खानालाई कसरी ग्राहक माझ प्रस्तुत गर्ने, समूहमा बोल्न सक्ने क्षमता अभिवृद्धि, व्यक्तित्व विकास जस्ता विभिन्न व्यवहारिक बिषयहरु सिकाइने कलेजका सिइओ. अभिषेक श्रेष्ठले बताए । उनले भने–‘ तालिममा समावेश हुने इच्क्षुकले अनलाइन मार्फत आबेदन फारम भर्न सक्छन् र सो फारम कलेजको फेसबुक पेजमा सजिलै पाइन्छ ।’

बिगत ५ बर्षदेखि होटेल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषय अध्यापन गराउँदै आएको प्राइम भिजन कलेजले बिद्यार्थीको क्षमता अभिवृद्धि हुने खालका विभिन्न कार्यक्रमहरु समय–समयमा आयोजना गर्दै आइरहेको छ ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved