धरान । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा बक्तित्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
‘चुनावको महत्व’ शिर्षकमा भएको प्रतियोगिताको प्रथम कक्षा ९ का इशान्त यादव, द्धितीय कक्षा १० का स्नेहा झा र तृतीय कक्षा १० का देवराज नारयण महतो भए । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरेको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । स्कुलले यसअघि पनि विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले विभिन्न क्रियाकलापहरु आयोजना गर्दै आएको उनले बताए ।