पाठकको घर घरमा पत्रिका पुर्‍याउने श्रेष्ठ तेतीस बर्षपछि सम्मान

  • जेठ १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । शुक्रबार धरानका पुराना पत्रिका वितरक एक कार्यक्रममा भावुक देखिन्थे । विगत ३३ बर्षदेखि निरन्तर स्थानीय तथा राष्ट्रिय पत्रिका घर घर पुर्‍याउदैआएका धरान १२ निवासी कृष्ण श्रेष्ठलाई सम्मान त परकै कुरा हो अहिलेसम्म कसैले वास्ता गरेका थिएनन् तर शुक्रबार एकाएक उनलाई सम्मान गरियो । सम्मानका क्रममा उनी भावविह्ल बनेका थिए ।

सन्दर्भ थियो जनपक्षीय पत्रकार सहीद कृष्णसेन इच्छुको २० औ स्मृति दिवस । नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागतसँगै उनलाई पनि सम्मान कार्यक्रम राखिएको थियो । प्रेस सेन्टर सुनसरीको आयोजनामा गरिएको सम्मान कार्यक्रममा उनलाई कार्यक्रमका प्रमुख अतिथि संविधानसभाका सभासद् किरणकुमार राई, नवनिर्वाचित उपमेयर आइन्द्रविक्रम बेघा लगायले नगद ५ हजारसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

सम्मानपछि उनले भने–‘मलाई आज धेरै खुशी लागेको छ । मेरो मूल्यांकन ३३ बर्षपछि भएको छ । मैले घामपानी भनिन्, कहिले समयमा खान पाइन, पत्रिका बचेर जीविकोपार्जन गर्नु मेरो बाध्यता थियो, बेचेर आएको कमिशनले मेरो परिवार पाल्नुपर्ने बाध्यता अहिले पनि छ, तर मैले गरेको कामको मूल्यांकन गरेर सम्मान गरेकोमा म अत्यन्तै खुशी छु ।’

उनले २०४६ सालदेखि निरन्तर पत्रिका विक्री वितरण गर्दै आइरहेका छन् । सरकारी सेवामा भए उनको पेन्सन हुने थियो, बुढेसकालमा बाच्ने आधार हुन्थ्यो, त्यस्ता केही सुविधा नभएकै कारण उनी ७१ बर्ष पुग्दा अहिले पनि पत्रिका निरन्तर विक्री वितरण गर्दै आइरहेका छन् । बुढ्यौली लागेपनि उनलाई धर छैन, परिवारको लालनपोषण गर्न करै लागेको छ । उनका परिवारमा तीन छोरी थिए, सबैको विवाह कर्म उनले गरिदिए, उनको सम्पत्तिको नाउमा केही छैन, जे जति छ पत्रिकार बेचेर आएकै रकम हो । उनले अहिले पनि आफू र श्रीमतिको जीवकोपार्जन यही पत्रिका बिक्री गरेर आएको कमिशनबाट नै हो ।’ अहिले पनि जीवन चलाउन अत्यन्तै गाह«ो भएको उनी सुनाउछन् । उनी भन्छन्–‘पहिलाको जस्तो स्वास्थ्य म छैन, हात खुटटा दुख्ने गर्छ, लामो हिड्न पनि गाह«ो हुन्छ, वैकल्पिक पेशा गर्ने उमेर पनि सकियो, अब मलाई जीवन धान्न कठिन हुन थाल्यो ।’

नेकपा माओवादी केन्द्र धरान नगर कमिटीको पार्टी कार्यालय पेरिस खोल्सिमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट धरान उप–महानगरपालिकाका नव निर्वाचित उप–मेयर अइन्द्र बिक्रम बेघा, वडा नम्बर १७ का वडा अध्यक्ष सुर्य बहादुर(मनोज) भट्टराई सहितको प्यानल र धरान–३ बाट वडा सदस्यमा मिङ्ग्मा भोटे र उषा सुब्बालाई समेत सम्मान गरिएको थियो ।

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

बराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं ८ स्थित शुक ...

कामधेनु सहकारीका दुई ...

धरान/ इटहरीको कामधेनु दुग्ध विकास सहकारी संस्थासँग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved