पन्ध्रौं सामाजिक स्वास्थ्य क्लिनिक सम्पन्न

  • वैशाख २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । परिवर्तनका लागि सामाजिक अभियानले हरेक १५ दिनमा आयोजना गर्दै आएको सामाजिक स्वास्थ्य क्लिनिकको १५ औं संस्करण सम्पन्न भएको छ ।

जैन श्वेताम्बर तेरापन्थ सभाको संयोजनमा सम्पन्न निःशुल्क क्लिनिकमा ४५ जना विरामीहरुले स्वास्थ्य परिक्षण गराएका थिए । वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परिक्षण गरिएको क्लिनिकमा विशेष गरि मुटु, मधुमेह, रक्तचापको परिक्षण गरिएको थियो ।

परिवर्तनका लागि सामाजिक अभियानले हरेक महिनामा २ पल्ट आयोजना गर्ने कार्यक्रम वडावडामा गर्ने अभियान अनुरुप यस पल्ट जैन श्वेताम्बर तेरापन्थ सभासँग सहकार्य गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए ।

त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा अभियानका सल्लाहकार मोहन श्रेष्ठ, अभियानकर्मीहरु वर्षा अग्रवाल, निशान नेपाल, जेनिश शाक्य, हेम ढकाल, विजय श्रेष्ठ एवम् जैन श्वेताम्बर तेरापन्थ सभाका राजकुमार गोल्छा, माणिक सुराना, राजु सुराना लगायतको उपस्थिति रहेको थियो ।

जैन श्वेताम्बर तेरापन्थ सभाका उपाध्यक्ष अशोक जैनले अभियानसँग सहकार्य गरि कार्यक्रम आयोजना गर्ने अवसर पाएकोमा आभार व्यक्त गरे । जैनले आगामी दिनमा पनि परिवर्तनका लागि सामाजिक अयिभानसँग अन्य कार्यमा पनि सहकार्य गर्न इच्छुक रहेको बताए । वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स निर्मला बास्तोलाले रक्तचाप परिक्षण तथा अन्य सहयोग गरेकी क्लिनिकको औपचारिक कार्यक्रम निशान नेपालले सञ्चालन गरेका थिए ।

७० वर्ष भन्दा माथिका बुवाआमाहरुलाई लक्षित गरिएको कार्यक्रम धरान मोडल कलेजमा आयोजना हुँदै आएको थियो । वडावडामा कार्यक्रम गर्ने लक्ष्य अनुरुप १८ नं. वडा, २ नं. वडा, धुलिखेल समाज, कृषि उपज बजार, ३ नं. वडासंग सहकार्य गरि यो कार्यक्रम सम्पन्न भईसकेको छ ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved