‘काँग्रेस र कम्युनिष्टको दम्भले गठबन्धन तोडियो’

  • बैशाख ११, २०७९
  • कोशीपत्र/संवाददाता
alt

२०५८ सालदेखि राजनीतिक जीवनमा प्रवेश गरेका जनता समाजवादी धरानका अध्यक्ष ताजुव लिम्बु धरानेहरुका लागि नौलो नाम होइन । नेपाल कम्युनिस्ट पार्टी एमालेको विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियनबाट प्रभावित बनेर राजनीतिक रुपमा प्रशिक्षित भएका हुन् । २०६२÷०६३ को जनआन्दोलनमा नेकपा एमालेको तर्फबाट सहभागिता जनाएका लिम्बु ०६४ सालको पहिलो संविधानदेखि भने राजनीतिमा पूर्ण सक्रिय रहे । मास्टर डिग्रीको कोर्ष पूरा गरिसकेपछि ०६५÷०६६ सालदेखि भने उनी एमालेको युवा संगठन युवा संघमा रहेर काम गरे । एमालेको वहुदलीय जनवादबाट आकर्षित लिम्बु युवासंघमै रहेको समयमा एमालेले उठाएको पहिचानको मुद्दामा अभिप्रेरित भए । राज्य पुनःसंरचनाको मुद्धामा एमालेमा समस्या देखिए पछि २०६९ सालमा नेकपा एमाले परित्याग गरी उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी र अहिले जनता समाजवादीको राजनीतिमा प्रवेश गरे । त्यसपछि क्रमिक रुपमा राजनीतिमा लागेका लिम्बुसंग स्थानीय निर्वाचनको पेरिफेरिमा रहेर कोशीपत्र राष्ट्रिय दैनिकले गरेको कुराकानीको सम्पादित अंश –

 ● स्थानीय तहको निर्वाचनको तयारी कस्तो छ ?
      गठबन्धनको कारणले हाम्रो तयारीमा निकै फितलोपन आयो, त्यो स्वीकार्नुपर्छ, गठबन्धनमा जाने या नजाने भन्ने विषयमा हामीबीच धेरै अल्मल भयो, गठबन्धन मजबुत नभएको, आन्तरिक खटपट हुने सम्भावना प्रवल भएकोले हामीले आन्तरिक तयारी पनि गरिहेको अवस्था थियो । आन्तरिक तयारी गर्दा गर्दै पनि हामी पूर्ण रुपमा तयारी गर्ने अवस्थमा भने थिएनौं, तर पनि दलको आन्तरिक तयारीमा भने जुटिरहेका छौं । त्यसबीचमा गठबन्धनबाट हामी अलग्गियौ, अब हामी आफै स्थानीय चुनावमा जाने तयारीमा लागिसकेका छौं ।

● गठबन्धनप्रति तपाईहरुको असन्तुष्टि कहाँ रहयो ?
     गठबन्धनप्रति हाम्रो असन्तुष्ट रहेन । गठबन्धन गर्नुपर्छ भन्ने कुरामा हामी स्पष्ट थियौ, त्यसलाई हामी स्वीकारेर जाने पक्षमा थियौ, तर गठबन्धनको नाममा पार्टीको अस्तित्व समाप्त हुने गरी, पार्टीको सम्मानजनक उपस्थितिलाई वेवास्ता गरेकोले, पार्टीको सम्मानजनक उपस्थितिको सम्भावना नभएपछि गठबन्धन तोडियो ।

● गठबन्धनमा किन ढुलमुलिनु भयो ?
– काँग्रेस कम्युनिस्टको दम्भका कारण हामी स्पष्ट खुल्न नसकेका हौं । हामी राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने शक्ति भएको हुँदा विगतका भन्दा अहिले धरानको हकमा हाम्रो सगठन मतबुत बन्दै गएको अवस्था छ । यही अनुरुप हामीले गठबन्धनसँग सम्मानजनक सहभागिताको माग ग¥यौ, काँग्रेस र कम्युनिस्टले २०७४ सालको स्थानीय निर्वाचनको परिणाम र २०७६ सालको उपनिर्वाचनको परिणामलाई लिएर हामीसँग डिल शुरु गरे । हाम्रो संवाद कहिले सकारात्मक त कहिले नकरात्मक देखिएकोले यो परिस्थिति सिर्जना भएको हो ।

● एक्लै निर्वाचनमा जाने निर्णय गरिसक्नु भएको हो ?
    चार दलबीच पटक पटकको छलफल गरेपछि हामीले पत्रकार सम्मेलन गरेर गठबन्धनमा सँगै जाने निर्णय गरिसकेका थियौ, तर वडाको फर्मेसनमा हाम्रा साथीहरुले चित्त बुझाउनु भएन, यसले गर्दा अब पार्टीले सम्मानजनक प्रतिष्पर्धा गर्नुपर्छ भन्ने हामीबीचको छलफलबाट लगभग सहमति भएको अवस्था आयो । गठबन्धनमा सम्मानजनक उपस्थिति नभएपनि हामी बाहिरिएका हौ, हाम्रो पार्टी अब गठबन्धनबाट अलग्गिएर चुनावमा जाने करिब करिब टुंगो लागिसकेको छ ।

● अन्य कुनै दलसँग तालमेलको सम्भावना छ ?
     नीतिगत रुपमा अरुसँग तालमेल गरेर जान मिल्दैन, केन्द्रीय गठबन्धनलाई नै हामीले टेकेर जानुपर्छ । तर आवश्यकता अनुसार अन्य दलहरुसँग सहमतिसंगै एक्लै प्रतिष्पर्धा गर्ने हो । अर्काे हाम्रो सिद्धान्तचाहिँ के छ भने जुन ठाउँमा सहमति हुन्छ सहमति गर्ने, जुन ठाउँमा सहमति हुदैन प्रतिष्पर्धा गर्ने हो । तर राजनीति भनिसकेपछि सभ्भावनाको खेल हो, जसले सम्मानजनक उपस्थितिको ग्यारेन्टी गर्छ, उनीहरुसँग हुदैन भनेर गठबन्धनको ढोका नै बन्द गरेको भने होइन । अब निकै ढिलो भइसकेकोले त्यो सम्भावना पनि कम देखिन्छ । जसले गर्दा जनता समाजवादीलाई एक्लै चुनावमा जाने परिस्थिति सिर्जना भएको छ ।

● धेरै स्थानमा गठबन्धनको खटपट भएको छ, कसरी लिनुहुन्छ ?
    पहिलो कुरा त चुनावलाई जितको आधारमा मात्र हेरियो, हेर्नुपर्ने त चुनावलाई जितकै आधारमा नै हो, तर हामी कम्युनिस्ट विचार बोक्नेहरु आफ्नो विचार सही छैन भने चाहिँ एक्लै पनि बस्नुपर्छ, एक्लै पनि हिड्नुपर्छ । सम्मानजनक परिस्थिति सिर्जना हुनुपर्छ । चुनाव जसरी पनि जित्ने भनेर जाने हो भने त जो जोसँग पनि तालमेल गरेर जाँदा केही फरक पर्दैन । तर ठूलो दल भएको दम्भ पालेर अरुलाई सम्मानजनक उपस्थितिमा बाधा पुगेकै कारण धरै ठाउँमा गबन्धनबीचमा खटपट पैदा भएको हुनसक्छ ।

● के आधारमा तपाईहरुको उपस्थिति शसक्त छ ?
     सगठनको हिसाबले, जनसम्पर्कको हिसाबले हामी सशक्त नै छौ । हामी परिस्थितिको हिसाबले पनि । ०७४ र ०७६ सालको उपस्थिति हामीलाई निकै कठोर थियो, अहिलेको परिस्थिति त्यस्तो छैन । अहिलेको परिस्थिति विगतको भन्दा सहज छ । परिस्थितिजन्य हिसाबले भन्ने हो भने पनि हामी निकै राम्रो पोजिसनमा छौं ।

● तपाईहरुको उम्मेद्वार तयारी कस्तो छ ?
     हामीले उम्मेद्वार घोषणा गरिसकेका छौं, मेयरमा भीम राई, म आफै, शशी विक, उपमेयरमा विना पुमा राई, रेशा सुनारको नाम सिफारिस भएको छ । हाम्रो छलफल वृहत भइरहेको छ, गठबन्धनका कारण हामीले अगाडि बढाउन सकेका थिएनौं, वृहत छलफल पश्चात सर्वसम्मत नाम सार्वजनिक गर्ने तयारीमा छौ ।

● नागरिकमा जनप्रतिनिधि प्रतिको दृष्टिकोण फरक छ नि ?
     पहिलो कुरा त त्यो नेतृत्वको कमजारी, नेतृत्वको अक्षमता हो । दोस्रो कुरा राजनीतक शिक्षाको कमी भएकोले हो । सबै पार्टी, सबै नेता दलाल पूँजीपति प्रति हाबी छन् । जो जितेर गए पनि दलाल पूँजीपति हाबी त बोकेरै जाने भयो, त्यो प्रवृत्तिका कारण अहिले पार्टीहरुप्रति, जनप्रतिनिधिहरुप्रति जनताको वितृष्णा बढ्दै गएको हो । जनता समाजवादी पार्टी त्यसलाई चिर्न चाहन्छ ।

● धरानको मुख्य समस्या खानेपानी रह्यो, किन समाधान हुन सकेन ?
       हामीसँग निर्णय क्षमताको कमी छ । निर्णयलाई विश्लेषण गर्ने, शुक्ष्म रुपमा हेर्ने त्यस्तो खालको बानीको विकास हामीमा छैन । जनता समाजवादी पार्टीले वृहत अध्ययन गरेर प्रतिवेदन तयार ग¥यौ, हामीले शुरुदेखि नै डिपिआर गलत छ भन्दै आएका थियौ, जुन रुपको लगानी गरिरहेका छौं, त्यो अनुरुपको प्रतिफल आउदैन, यसले जुन हिसाबले प्रतिवद्धता गरिएको छ त्यो पूरा हुदैनन् । त्यसले गर्दा त्यो डिपिआर परिवर्तन गरौ, डिपिआर परिवर्तन गर्दाचाहिँ हामीले पानीको स्रोत भूमिगत भन्दा पनि दीर्घकालीन समाधानका विषयलाई हामीले महत्व दियौ ।
नेपाल सरकारले एडिबीबाट ऋण ल्याउने, ऋण ल्याउदा दुई प्रतिशतमा ल्याउने र स्थानीय सरकारलाई ऋण दिँदाचाहिँ ५ प्रतिशतले दिने, यो एउटा गलत छ । अर्को कुरा जुन हिसाबले पाइपलाईन वितरण गरिरहेको छ त्यो सही छैन । पहिलाकै पाइपलाईन नै गुणस्तरीय बनाएर अगाडि बढ्ने हो भने पाइपमा यत्रो धेरै खर्च गर्नु जरुरी छैन । पाइपमै ४०÷४५ करोड खर्च भएको छ । यहा चाहिँ भ्रष्टाचारको गन्ध छ भनेर पनि हामीले भनेका थियौ यो परियोजना गर्ने दक्ष प्राविधिक पनि छैन, अनुगमन के ले गर्ने भन्ने विषयमा पनि हामीले कुरा उठाएका थियौ । त्यसमा हामीलाई चारतिर दबाब आयो, हामीले बाध्य भएर सम्झौता ग¥यौ, हामीले एउटा अपसन पनि दिएका थियौं, खानेपानी परियोजनाले पानी खुवाउन सकेन भने नेपाल सरकारको सहयोग ल्याएर भएपनि चतराबाट पानी ल्याउने कुरा राखेका थियौ, अहिले जे जस्तो परिणाम आएको छ त्यो डिपिआर र वितरण प्रणालीका कारण आएको हो ।

● धरान विकाशमा जसपाको भिजन के हो ?
    धरानको विकासको लागि हामीले स्पष्ट मार्गचित्र कोर्न जरुरी छ । हिजोका ठूला राजनीतिक दलले धरानलाई शिक्षा, स्वास्थ्य, पर्यटनको हब बनाउने भनेर बोले । त्यो कुरा धराने जनताले विश्वास गरे । उनीहरुलाई भोट दिए, जिताएर पठाए । अबचाहिँ धराने जनताहरुले प्रश्न गर्ने बेला आएको छ । शिक्षा, स्वास्थ्य र पर्यटनको हब बनाउने त भन्नुभयो तर के शुरुवात गर्नुभयो, के शुरुवात भए त यो पाँच बर्षमा । यो प्रश्नको उत्तर जनता समाजवादीसँग छ । हामीले पनि धरानलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाएर लानुपर्छ भनेर भनिरहेका छौं, यसको गुरुयोजना नै बनाएर जनता समाजवादी अगाडि बढ्छ । धरानमा के के कुरा गर्दा चाहिँ यी तीन कुराको हब बन्न सक्छ । त्यो हामीसँग पर्याप्त आधारहरु छन् । यसपटक जनताले ठूला दलको विकल्प पनि हेरिरहेका छन् भन्ने हामीलाई लागेको छ ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved