प्रथम हाम्रो धरान भेट्रान कप वैशाख ३ देखि "फुटबलको साख जोगाउदै धरानका भेट्रानहरु "

  • वैशाख २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । फुटबलमा धरानमा गुम्दै गएको शाखलाई पुनः चलायमान बनाउन धरानका पूर्व खेलाडीहरु लागिपरेका छन् ।

मिन ब्राजिलको रुपमा परिचित धरानको फुटबल क्रेजलाई जीवन्तता दिन ३५ बर्ष पूरा गरेका र विगतमा राष्ट्रिय तथा नेपालका ख्यातिप्राप्त क्लबका खेलिसकेकाहरु क्लब गठन गरेर नै लागिपरेका हुन् । ५ महिना अगाडि दर्ता ‘हाम्रो धरान भेट्रान फुटबल क्लब’ गठन गर्दै फुटबल प्रतियोगिता समेत गर्न थालेको छ । क्लबले धरान १६ रंगशालामा प्रथम हाम्रो धरान भेट्रान कप २०७९ को आयोजना समेत गर्दैछ ।

खेलको माध्यमबाट समाजसेवा गर्ने, भेट्रान खेलाडीलाई खेलको माध्यमबाट स्वास्थ राख्ने तथा फुटबल खेलको माध्यमबाट सामाजिक विकृति हटाउने उद्देश्यले क्लबले आगामी वैसाख ३ देखि १० गतेसम्म भेट्रान फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

आयोजक क्लबका अध्यक्ष अशोक कुमार राईका अनुसार प्रतियोगितामा प्रदेश नं. १ भरिका १२ टिमले सहभागिता जनाउने भएका छन् । धरानको फुटबल खेललाई चलायमान बनाउने उद्देश्यले प्रदश नं. १ स्तरीय प्रतियोगिता गर्न लागिएको अध्यक्ष राईले बताए । उनले भने, ‘धरानलाई फुटबल खेलको लागि मिनी ब्राजिलको रुपमा चिन्ने गर्छन, तर यहाँ पछिल्लो समय फुटबल प्रतियोगिता कमै हुन थालेका छन्, २३ औं संस्करणको मोफसलकै बुढासुब्बा गोल्डकप पनि यस बर्ष स्थगित भयो, अस्ताएको फुटबल खेललाई चलायमान बनाउनकै लागि हामीले प्रतियोगिताको आयोजना गरेका हौं ।’

उनले भने क्लब गठन गरिसकेपछि क्लबको तर्फबाट धेरै ठाउँमा सहभागिता जनाएको बताए । शनिवारदेखि शुरु हुने प्रतियोगितामा १ टिममा ११ जना सहभागी हुने अध्यक्ष राईले जानकारी दिए । उनले भने, ‘प्रतियोगितामा प्रदेश नं. १ बाट १२ टिमले सहभागिता जनाउनेछन्, हामीले प्रत्येक टिममा ३८ बर्षको तीन जना, ४० बर्षका ८ जना अनिवार्य रुपमा हुनुपर्ने नियम बनाएका छौं ।’

प्रतियोगितामा प्रथम हुने टिमले ८० हजार, दोस्रो हुने टिमले ४० हजार ट्रफी र मेडल पाउनेछन् भने प्रतियोगिताका व्यक्तिगत विद्यातर्फ समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा ६ लाख ५५ हजार बजेट अनुमान गरेको आयोजकले जनाएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved