मेघा रेवाहाङ अन्तरविद्यालय बास्केटवल प्रतियोगिता हुने

  • फाल्गुन ३०, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान १२ मा रहेको धरान मेघा हिमालयन कलेजको आयोजनामा अन्तर विद्यालय धरान मेघा रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चैत्र १५ गते देखि १९ गते सम्म हुने आयोजकले आइतवार कफि पव एण्ड रेष्टोमा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन ।

अध्ययनसंगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सामेल गर्दै आएको कलेजले खेल र खेलाडिको सम्मान गर्दै बास्केटवल प्रतियोगिता आयोजना गर्न लागिएको कलेजका अध्यक्ष केलाश लिम्वुले जानकारी गराए ।

प्रतियोगिताका विजेताले नगद पन्द्र हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद सात हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यसैगरी प्रतियोगिताको व्यक्तिगत विद्यातर्फ उत्कृष्ट खेलाडिलाई नगद एक हजार ५ सय, उत्कृष्ट स्कोररलाई नगद १ हजार, कफि पव एण्ड रेष्टोको फुड भौचर, ट्रफी र प्रमाण पत्र प्रादान गरिनेछ । उत्कृष्ट स्कोरर र उदयीमान खेलाडस्ले ट्रफ्री, कफि पव फुड भौचर र प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतियोगिता धरान बास्केटवल संघको संयोजन, सुनसरी बास्केटवल संघ र धरान १२ न. वडाको सहयोगमा धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा संपन्न हुन लागेको हो । प्रतियोगितामा धरान र धरान आसपासका क्षेत्र तथा जिल्लाका करिव १२ टिमले सहभागिता जनाउने आयोजक धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलास लिम्वुले जानकारी गराए । सहभागी टिममा १९ वर्ष मुुनिका ११ र १२ कक्षाका ६ जना र १० कक्षा सम्मका ६ जना खेलाडी हुनपर्नेछ । १० कक्षा सम्मका हकमा भने १२ जना खेलाडी नै सहभागिता जनाउन सक्नेछन । दिवंगत उदयमान खेलाडी रेवाहाङ राईको स्मृतिमा प्रतियोगिता हुन लागेको हो । बास्केटवल खेलमा संभावना वोकेका उदयमान खेलाडि रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो । दश कक्षामा अध्यन गरिरहेको रेवाहाङ राईको असमाहिक निधन पछि उनको सम्मानमा अभिभावक, धरान मेघा हिमालयन र धरान बास्केटवल संघको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले वताए ।

प्रतियोगिता आयोजनाका लागि रेवाहाङका अभिभावकले दुइलाख रुपैयाको अक्षयकोष समेत स्थापना गरेका छन् ।

प्रतियोगिताको फाइनखेल अघि थ्री पोइन्ट कम्पिटिसन हुने

प्रतियोगिताको फाइनल खेल अघि थ्री पोइन्ट कम्पिटिसन समेत हुनेछ । पहिलो चरणमा थ्री पोइन्टमा सहभागिले १ मिनट थी्र पोइन्ट सट गर्नेछ । त्यस मध्येवाट उत्कृष्ट तिन खेलाडि छनौट हुनेछ । फाइनल चरणमा छनौट भएका मध्ये वाट एक मिनेटमा जसले वडि थी्र पोइन्ट वास्केट गर्नेछ उही थी्र पोइन्ट च्याम्पियन घोषित हुनेछ । थी्र पोइन्ट च्याम्पियनले नगद दुइ हजार, कफि पव फुड भौचर, ट्रफि र मेडल प्राप्त गर्नेछ ।

 

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved