खेलाडी उत्पादनमा उपमहानगरपालिकाको जोड

  • फागुन १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिकाले खेलाडी उत्पादनमा जोड दिदै आएको छ । ग्रास रुटबाट नै खेलाडी उत्पादन गर्ने अभिप्रायले बालबालिकालाई फुटखेलको प्रशिक्षण शनिवारबाट शुरु गरेको छ ।

गत बर्षबाट नै शुरु गरेको यो अभियानमा यो बर्ष समेत शनिवारबाट प्रशिक्षण शुरु गरिएको हो ।

कोरोना संक्रमणका कारण समयमै हुन नसकेको प्रशिक्षण असारसम्म गरिने जनाइएको छ ।

खेलकुद विकास समिति सदस्य तथा प्रशिक्षण कार्यक्रम संयोजक सतिस केसीले जानकारी दिए । उनका अनुसार गत जेष्ठ महिनामै आयोजना गर्नुपर्ने कार्यक्रम फागुनबाट मात्र शुरु गरिएको बताए । उनले भने–‘कोरोना संक्रमणका कारण जेष्ठ हुनुपर्ने कार्यक्रम फागुनमा सरेको हो, अबदेखि प्रत्येक बर्ष असारमै हुन्छ ।’

धरान १६ रंगशालामा आयोजित प्रशिक्षणमा ६ बर्षदेखि १२ बर्षका बालबालिका सहभागी थिए । अभिभावकसंगै आएका उनीहरु फुटबल प्रशिक्षणमा उत्साहित देखिन्थे ।

धरान उपमहानगरपालिकाको खेलकुद विकास समितिले ग्रासरुट फुटबल प्रशिक्षण शुरु गरेको हो । हरेक शनिबार बिहान ७ बजेदेखि हुने प्रशिक्षणमा पहिलो शनिवार नै उल्लेख्य उपस्थिति रहेको थियो ।

ग्रासरुटबाट नै फुटबल खेलको प्रशिक्षणसंगै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण शुरु गरिएको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए । उनले भने –‘धरानलाई मिनी ब्राजिलको रुपमा लिइने गरिन्छ, यहाबाट धेरै राष्ट्रिय खेलाडी उत्पादन भएका छन्, फुटबल खेलमा स्थानीय स्तरबाट नै राम्रो खेलाडी उत्पादन गर्ने हाम्रो उद्देश्य हो ।’

कोरोना तथा विविध कार्यले फुटबल खेलको प्रशिक्षण तथा खेलहरु हुन नसकेको मेयर राईले बताए । उनले भने–‘यस्ता खालका प्रशिक्षणले राम्रा खेलाडी उत्पादन गर्न सहयोग पुग्छ भनेर हामीले ग्रास रुटदेखि नै प्रशिक्षण राखेका हौ, खेलकुदको विकासले नगरको पनि विकास हुन्छ, हामी यस्ता प्रशिक्षण निरन्तर गर्दैजान्छौ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved