नोबेलमा दुरविनबाट ढाडको नसा च्यापिएको शल्यक्रिया

  • माघ २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दुरविनको माध्यमबाट गरिएको छ ।

ढाडको नसा च्यापिएर अस्पताल आएका झापाको विर्तामोड नगरपालिका–४ का ४८ बर्षीय पेलेङ सिंह धिमालको दुरविनको माध्यमबाट सफलतापूर्वक शल्यक्रिया गरिएको हो । नोबेल अस्पतालको न्यूरो विभागका प्रमुख एवं बरिष्ठ न्यूरो सर्जन डा. प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रिया गरेको हो । काठमाडौं बाहिर पहिलो पटक दुरविनको माध्यमबाट यस्तो शल्यक्रिया भएको बरिष्ठ न्यूरो सर्जन डा.काफ्ले बताउँछन् । उनले भने, ‘मेरुदण्डमा नसा च्यापिदा सामान्य अवस्थामा औषधी दिइन्छ, अप्रेशन गर्नुपर्ने देखिएमा प्रायः चिरेर गरिन्छ, तर, दुरविनको माध्यमबाट ढाडको नसा च्यापिएको अप्रेशन कमै हुन्छ, काठमाडौं बाहिर पहिलो पटक हामीले यस्तो अप्रेशन सफलतापूर्वक गरेका हौं, यसअघि मोफसलमा यस्तो अप्रेशन भएको थिएन ।’

धिमालको ढाडमा सानो प्वाल बनाएर दुरविनको माध्यमबाट अप्रेशन गरिएको हो । दुरविनको माध्यमबाट अन्य किसिमका अप्रेशन भइरहन्छन् । नोबेलमै पनि दुरविनको प्रयोग गरेर दिनमै दर्जनौैं अप्रेशन गर्ने गरिएको छ । तर, ढाडको नसा च्यापिएको समस्याको अप्रेशनमा भने यो विधि प्रयोग गर्ने गरिएको थिएन । यो नयाँ प्रविधिबाट नोबेलले पहिलो पटक अप्रेशन थालेको हो ।

दुरविनको माध्यमबाट ढाडको नसा च्यापिएको अप्रेशन गर्दा सानो घाउ हुँने भएकाले विरामीलाई निकै सहज हुन्छ । सानो घाउ हुँनाले अप्रेशन गरेको दिन अथवा भोलिपल्ट नै विरामी घर जान सक्ने चिकित्सकहरु बताउँछन् । विरामी धिमालले पनि बर्षौं अघिदेखिको समस्या अप्रेशनपछि तत्काल सुधार भएको प्रतिक्रिया दिए । अप्रेशनपछि निको भएर धिमाल अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved