ओशोको फुटसलमा धरान प्याब्सन विजयी

  • माघ २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान ७ स्थित ओशो ट्रेनिङ सेन्टरले आयोजना गरेको मैत्रीपुर्ण फुटसल प्रतियोगितामा धरान प्याब्सन विजयी भएको छ ।

धरान १५ स्थित बिग फुटसलमा शनिबार सम्पन्न प्रतियोगितामा एन प्याब्सन धरानलाई हराउँदै प्याब्सन धरान विजयी भएको हो । एन प्याब्सन उपविजेता बनेको छ । सात वटा विभिन्न संस्थाहरु बिच भएको फुटसल प्रतियोगितामा तेस्रो विजेता आयोजक संस्था ओशो ट्रेनिङ सेन्टर भएको छ ।

विजेता टिमहरुलाई नेपाल फिजिकल ट्रेनिङ एशोसियसनका पुर्व क्षेत्रीय अध्यक्ष पर्वत राईले पुरस्कार वितरण गरेका थिए । संस्थाहरु बिच मैत्रीपुर्ण सम्बन्ध बढाउनका लागि प्रतियोगिताको आयोजना गरिएको सेन्टरका संचालक पारुहाङ तुम्बाहाम्फेले बताए । ‘कमिट टु बि फिट एण्ड फ्रेण्डली’ भन्ने नारा सहित फुटसल प्रतियोगिता गरिएको उनको भनाई छ । प्रतियोगितामा इस्टु धरान, टिचर युनाईटेड धरान, अमर पोलिक्लिनिक, सुनचाँदी व्यवसायी संघले पनि प्रतियोगितामा सहभागिता जनाएको थियो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved