कोरोना कहर: गन्धर्व पेशा संकटमा

  • माघ २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण गन्धर्व पेशा संकटमा परेको छ ।
सहज अवस्थामा गाउँ सहरमा घुमेर सांरगी बजाउँदै आर्थिक संकलन गरी परिवारको जीविकोपार्जन गर्दै आएका गन्धर्वहरु अहिले जीविकोपार्जन गर्न धौ धौ मा परेका छन् । विगत दुई वर्ष देखि कोरोनाका कारण संकटमा परेको पेशा अहिले पुनः कोरोनाको नया भेरियन्ट ओमिक्रोन फैलिन थालेपछि पेशा संकटमा परेको गन्धर्वहरु चिन्ता व्यक्त गर्न थालेका छन् ।

भोजपुर जरायोटारका किरण गन्धर्वले विगतको लकडाउनमा धेरै समस्या भोग्नुपरेको बताए । अब त यस्तो समस्या नआउँला भन्ने सोचेका उनले विगतकै जस्तो अवस्था आउन लागेकोमा उनी चिन्ता व्यक्त गर्छन । उनी भन्छन्, ‘विगतमा कोरोना संक्रमणको बेला सरकारले गरेको लकडाउनका समयमा ज्याला मजदुरी गरे जीविकोपार्जन गरेका थियौ, अब फेरि त्यस्तै समस्या आउन लाग्यो ।’ १० बर्ष भन्दा लामो समयदेखि शहरका चौक चौक, गल्ली, धार्मिक क्षेत्रमा गएर सारंगीसँगै गीत सुनाउदै आउने उनले पेशाबाट ९ जनाको परिवार पाल्नुपर्ने बाध्यता छ ।

भोजपर जयराटारकै अर्का सुवास गन्धर्वको पनि समस्या उस्तै छ । उनले समेत कोरोना संक्रमणका समयमा धेरै सास्ती भोग्नुपरेको सुनाए । उनले भने, ‘कोरोना संक्रमणको समयमा हामीले धेरै सास्ती पायौ, गरिखाने बाटो नै हराएको थियो ।’ बल्लतल्ल सहज अवस्था आएको बताउदै उनले फेरि पनि अर्काे कोरोना आएपछि विगतकै जस्तो अवस्था आउनेमा उनी चिन्ता व्यक्त गर्छन् । उनी भन्छन्, ‘विगतमा समेत मुस्किलले घरपरिवार चलायौ, फेरि पनि त्यस्तै भयो भने हाम्रो उपाय नै छैन ।’
यी दुई गन्धर्वमात्र हैन भोजपुर जरायोटारमा रहेका २२ घर गन्धर्व परिवार फेरि पनि लकडाउन हुन्छ कि भन्ने चिन्तामा छन् । गन्धर्व नेपालीहरुको सांस्कृतिक पहिचान भएकोले यस्ता समयमा सरकारले आफूहरुलाई हेर्नुपर्ने उनीहरुको धारणा छ । किरण गन्धर्व भन्छन्, ‘हामी राज्यको गहना हौ, यस्तो बेला राज्यले हामीलाई
सहयोग गर्नुपर्छ ।’

तेस्रो ‘मिस्टर कञ्च ...

झापा/ युवाहरूमाझ शारीरिक सुगठनप्रति रुचि जगाउने र ...

धरानमा  कोशी प्रदेश ...

धरान/  धरान बास्केटबल संघको आयोजना, कोशी प्रद ...

धरानमा अटोको ठक्करबा ...

धरान/ सुनसरीको धरानमा अटो टेम्पोले ठक्कर दिँदा एक ...

ब्राउन सुगरदेखि ट्रा ...

धरान/ मोरङ, झापा र उदयपुरमा प्रहरीले तीन फरक स्थान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved