दमक–रवि सडक कालोपत्र: गुणस्तरहीन भएको भन्दै स्थानीयको विरोध

  • पुस २२, २०७८
  • "भगीरथ भण्डारी"
alt

इलाम/ झापाको दमक देखि इलामको माङसेबुङ हुँदै पाँचथरको रवि जोड्ने दमक–चिसापानी–रवि सडकको कलोपत्रे गर्ने काम गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध जनाएका छन ।

चिसापानी सम्मको ११ किलोमिटर सडक खण्ड निर्माणका क्रममा बालुवा र गिटीमा अत्याधिक कालो माटो र लेदो प्रयोग गरेको र कालोपत्रे स्तरमा स्तरोन्नति गर्ने कार्यको काम गुणस्तरहीन भएको भन्दै स्थनीयले विरोध जनाएका हुन् । सडकको शुरुवातमै गुणस्तरहीन सामग्रीको प्रयोग र निर्माण गरिएको नाली र पेटीमा क्युरिङ समेत नगरिँदा निर्मित संरचना कमजोर भएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको भन्दै माङसेबुङ ३ मा पर्ने चतुरे खण्ड आसपासका स्थानीयले निर्माण कम्पनीलाई गुणस्तरीय काम गर्न दवाव दिने उद्देश्यले भेलाको आयोजना गरेर विरोध जनाएका छन् । भेलाले गुणस्तर, मापदण्डका विषय र सडक आसपासका क्षेत्रमा सामुहिक पहल गर्न देबहाङ राईको अध्यक्षतामा ३० सदस्यीय सरोकार समिति गठन गरेका छन् ।

सडक खण्डको ठेक्का श्री लुम्बिनी–गणपति जेभी नयाँ बानेश्वर काठमाडौं निर्माण कम्पनीले पाएको थियो । यता निर्माण कम्पनीले स्थानीयसँग मात्र होइन, जनप्रतिनिधिहरुसँग समेत समन्वय नगरी काम गरेको पाईएको छ । न त जनप्रतिनिधहरुको सल्लाह र सुझाव नै मान्ने गर्दछन् । माङसेबुङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मैतराज राईले आफूले पटकपटक ध्यानाकर्षण गराए पनि ठेकदार कम्पनीले चासो नदिएको बताए । उनले भने, ‘मैले यस विषयमा उनीहरुलाई पटकपटक जानकारी गराएको छु तर उहाँहरुले अहिलेसम्म कुनै चासो नै दिएका छैनन् ।’

उता निर्माण कम्पनीका कन्ट्रयाक्ट् ईन्जिनियर वशिष्टकुमार सिंहले सुरूमा रतुवा खोलाको बालुवामा ७ प्रतिशत माटो भएपनि पानीको मात्रा बढाएर अहिले सडक डिभिजनले बालुवा पास गरेको बताए । उनले पहिले नाली तथा पेटिमा क्युरिङ नगरेको भएपनि अब क्युरिङ हुने भन्दै निर्माण कम्पनीलाई क्युरिङ नगरे भुक्तानी रोक्ने जानकारी गराईसकेको पनि बताए । सडक खण्ड कालोपत्रे स्तरमा स्तरोन्नति गर्ने कार्य सम्पन्न गर्न नेपाल सरकारको ५९ करोड १५ लाख ३५ हजार ८ सय ३४ रूपैयाँ ३६ पैसा (भ्याट र पिएससहित) मा निर्माण कम्पनीसँग सम्झौता भएको छ । २०७६ फागुन दुईगते भएको सम्झौताको म्याद २०७९ फागुन दुईगते सम्म रहेको छ ।

कृषकलाई मेसिनदेखि मल ...

झापा/ भद्रपुर नगरपालिकाले कृषकलाई लक्षित गर्दै आधु ...

ताप्लेजुङ र पाँचथरमा ...

ताप्लेजुङ/ ताप्लेजुङ र पाँचथर जिल्लाबाट प्रहरीले ल ...

अत्यधिक गर्मीसँगै रग ...

धरान/ गर्मीको चर्को प्रभावसँगै कोशी प्रदेशमा रगत अ ...

पक्की बन्दै ग्रामीण ...

इलाम/ मुहानमा सानो पानी कच्ची कुलो पानी लैजाँदा आध ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved