धरानभरि सरसफाइ अभियान सम्पन्न

  • पुस २१, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ एक सय २१ औँ धरान स्थापना दिवसको अवसरमा बुधबार धरानमा सरसफाइ अभियान सञ्चालन गरिएको छ ।
वडा समितिहरूको समन्वयमा धरानका २० वटै वडामा सरसफाइ अभियान सञ्चालन गरिएको हो । यसै क्रममा धरान–१५ मा पनि अभियान सञ्चालन गरिएको थियो । उनीहरू फोहोर टिप्दै झोलामा हालिरहेका थिए । आफ्नो ठाउँ आफैँ सफा गर्नुपर्छ भन्ने जनचेतना पैmल्याउन कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष नरेश इवारम लिम्बूले बताए । ‘धरान स्थापना दिवसको अवसरमा कार्यक्रम गरेका हौँ ।’ उनले भने ।

वडाध्यक्ष लिम्बूको नेतृत्वमा भएको कार्यक्रममा विभिन्न टोल विकास संस्थाका पदाधिकारी र सदस्यहरू सहभागी भएको तुलसी, भीष्म, चण्डेश्वरी, पूर्वी एभरेस्ट टोल विकास संस्थाका अध्यक्ष सुवास खवासले जनाए । उनीहरूले सडकका साथै चोक र गल्लीमा फालिएका फोहोर सङ्कलन गरेका थिए । पन्जा र मास्क लगाएका वडावासीले हातमा झोला र झाडू बोकेका थिए ।

वातावरण संरक्षण गर्न आप्mनो घर वरिपरि सरसफाइ गर्नुपर्छ भन्ने जनचेतना पैmल्याउन आफूहरू अभियानमा सहभागी भएको संस्थाका अध्यक्ष एवम् माओवादी केन्द्रका धरान–१५ वडा अध्यक्ष खवासले जनाए । धरान–१५ मा ३३ वटा टोल विकास संस्थाहरू छन् । अभियानमा यिनै टोल विकास संस्थाहरूलाई परिचालन गरिएको थियो ।

हरेक वर्ष पुस २० गते धरान स्थापना दिवसका रूपमा मनाउने गरिएको छ । यसै क्रममा अहिले धरानमा तीनदिने धरान उत्सव सञ्चालन भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलबार उत्सवको उद्घाटन गरेका थिए ।

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved