‘अटोमेटिकल वाटर लेभल कन्ट्रोलर’ बजारमा

  • पुस २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ । खानेपानीको टं्याङकी भर्न र बन्द गर्न सहयोग पुग्ने स्वदेशमै निर्मित ‘अटोमेटिक वाटर लेभल कन्ट्रोलर’ बजारमा आएको छ ।
स्वदेशमा उत्पादित ‘लकडाउन वाटर लेभल कन्ट्रोलर’ नाम दिइएको उपकरण विराटनगरमा सोमबार एक कार्यक्रमका बीच लन्च गरेर बजारमा ल्याएको हो ।

विराटनगर १६ मा रहेको सुवाल उद्योगले उपकरण उत्पादन गरि बजारमा ल्याएको हो । सेन्सरयुक्त उपकरणले खानेपानीको ट्याङकी खाली हुँदा अटोमेटिक रुपमा अन भएर मोटर चल्ने तथा ट्याङकीको लेभल अनुसार पानी भरिसक्दा आफैं बन्द हुने सुवाल उद्योगका संचालक केशवलाल सिंह सुवालले बताए ।

कोरियन टेक्नोलोजीको कन्ट्रोलर आफुहरुले विराटनगरमैं उत्पादन शुरु गरेको उनले बताए । उनले भने, ‘यो प्रबिधिको प्रयोगले समय र विद्युत दुवैको बचत हुनेछ, वाटर लेभल कन्ट्रोलर कोरियन टेक्नोलोजी प्रविधि नेपालमा ल्याएर बनाएको हो ।’

घर, होटल, विद्यालय तथा बैंक लगायतमा राखिने खानेपानीको ट्याङ्की भर्ने काम झण्झटिलो रहँदै आएकोमा यो प्रबिधिको प्रयोगपछि सहज हुने र अनावश्यक रुपमा खेर जाने पानीको समेत बचत हुने सुवालको भनाई छ ।

उद्योगले ‘लकडाउन वाटर लेभल कन्ट्रोलर’को प्रदेश एकका लागि आधिकारीक विक्रेताको रुपमा विराटनगर १० को इन्सट्यान्ट ट्रेड एण्ड मल्टि सर्भिस प्रालिलाई तोकेको छ भने यो उपकरणको उपभोक्ता मुल्य ६ हजार ५ सय तोकिएको छ ।

एक बर्षको वारेन्टी र रिप्लेसमेन्ट ग्यारेन्टी समेत रहेको लकडाउन कन्ट्रोलर खरिद गर्दा सम्बन्धित स्थानमैं गएर जडान गरिदिने ब्यवस्था रहेको मल्टि सर्भिसका रमेश साहले जानकारी दिए । आउँदा दिनहरुमा घरायशी प्रयोजनका थप सहयोगी आधुनिक उपकरणहरु स्वदेशमैं उत्पादन गर्ने लक्ष्य राखिएको सुवाल उद्योगका सिईओ शिला प्रधान सुवालले बताइन् । ‘अहिले विराटनगरसहित प्रदेश १ लाई लक्षित गरि अटोमेटिक वाटर लेभव कन्ट्रोलर बजारमा ल्याएको हो,’ उनले भनिन्, ‘विस्तारै यो उपकरण देशभरीको बजारमा पु¥याउने हाम्रो लक्ष्य रहेको छ ।’

 

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved