इष्टर्न ओपन गल्फ: गल्फर निरज अग्रस्थानमा

  • पुस १२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुर्य नेपाल गल्फ टुर अन्तर्गत धरान गल्फ कोर्षमा भएको चार दिने इष्टर्न ओपन गल्फ प्रतियोगितामा धरानका युवा व्यवसायिक गल्फर निरज तामाङ अग्रस्थानमा रहेका छन् ।
सोमबार देखि पार ७० को कोर्षमा शुरु भएको प्रतियोगिताको पहिलो दिनको १८ होलको खेल सकिदा ३ अण्डर ६७ स्कोर गरेका निरज अग्रस्थानमा रहन सफल भएका हुन् । निरजले फ्रन्ट नाइनमा १ अण्डर ३५ कार्ड बनाए भने ब्याक नाइनमा २ अण्डर ३२ को कार्ड बनाए ।

यसैगरि, सुर्यप्रसाद शर्मा इभन पार ७० स्कोर गर्दै दोस्रो स्थानमा छन् । उनले फ्रन्ट नाइनमा ३ अण्डर ३३ को कार्ड बनाए । नेपालका नम्बर वान धराने खेलाडी शुक्रबहादुर राई र सुनसरी बराहक्षेत्रकै खेलाडी टंकबहादुर कार्की समान १ ओभर ७१ स्कोरका साथ तेस्रो स्थानमा छन् । प्रतियोगितामा ३ ओभर समान ७३ स्कोरका साथ भुवन नगरकोटी, धनबहादुर थापा, रवि खड्का र सञ्जय लामा संयुक्त पाँचौ स्थानमा छन् ।

प्रतियोगितामा एमेच्योरतर्फ धरानका गल्फर युवराज भुजेल, जितेन्द्र राई र सद्भाव आचार्य समान ५ ओभर ७५ स्कोरका साथ अग्रस्थानमा छन् । एमेच्योरतर्फ समान ६ ओभर ७६ स्कोरका साथ जिवन राई र बुद्धिमान सुनुवार दोस्रो स्थानमा छन् ।

नेपाल प्रोफेसनल गल्फर एशोसिएशनले आयोजना गरेको प्रतियोगितामा ३० जना व्यवसायिक र १८ जना एमेच्योर खेलाडी सहभागी छन् । चार दिने प्रतियोगितामा ३ दिन मुख्यस्पर्धा हुनेछ भने अन्तिम दिन प्रो–एम म्याच हुनेछ । मुख्य स्पर्धाको विजेताले ट्रफीसहित नगद १ लाख ३५ हजार पाउनेछन् । दोस्रो हुने गल्फ खेलाडीले ८८ हजार र तेस्रो हुनेले ६५ हजार नगद पाउनेछन् । दोस्रो दिन ३६ होलको खेल सकिएपछि कट बनाएका २१ जना व्यवसायिक र ६ जना एमेच्योर खेलाडीहरु मात्र तेस्रो दिनको लागि छनौट हुनेछन् ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved