परिचय
विगत केही दशकमा शल्यक्रिया विधामा उल्लेखनिय प्रगति भएको छ । शल्यक्रिया विधा विभिन्न चरणमा विकाससँगै धेरै सव–विधाहरुमा विभाजित भएका छन् ।
अर्थोपेडिक सर्जरी विगतमा जेनेरल सर्जरीको एक अंगको रुपमा रहेको र अर्थोपेडिक विधामा समय चक्र सँगै विकाश हुँदा यो एउटा विशिष्ट विधाको रुपमा अस्तित्वमा आएको हो ।
अर्थोपेडिक विधामा पनि समय सँगै धेरै सव–विधाहरु (जस्तै ह्यान्ड विधा, दुरविन पद्धति विधा स्पाइनल, कृत्रिम जोर्नी प्रत्यारोपन)को विकाश भएको छ । जसमध्ये कृत्रिम जोर्नी प्रत्यारोपण एउटा प्रमुख एवम विशिष्ट सव–विधा हो ।
जोर्नी बिग्रिनुमा धेरै कारणहरु मध्ये अस्टियोआरथ्राटिस प्रमुख कारण हो अस्टियोआरथ्राटिस वृद्धामा सामान्य जोर्नी समस्या भएता पनि यो अरु रोगहरुको कारणले पनि हुन सक्छ । अस्टियोआरथ्राटिसले मानव शरीरको जोर्नीलाई बिगार्ने र असन्तुलित बनाउने काम गर्दछ । मानव शरीरको जोर्नी बिग्रिनुका अरु कारणहरुमा जोर्नीको दीर्घकालीन रोगहरु जस्तै बाथ रोग, गाउटी बाथ, पाकेर बिग्रेका जोर्नीहरु हाडसहित जोर्नी भित्र समेत भाँचिनु पर्दछ ।
मानव शरीरको बिग्रिएको खिइएको वा असन्तुलित जोर्नीलाई निम्नलिखित तरिकाहरुले उपचार गर्न सकिन्छ ।
१.औषधीको प्रयोग (दुखाई कम गन, मलम सुई)
२. घुड्डाको व्यायाम, कसरत
३.शल्यक्रिया द्वारा ९इउभचबतष्यलक०
• ओसटियो टोमी
• जोर्नीको फ्युजन
• कृत्रिम जोर्नी प्रत्यारोपण
जोर्नी प्रत्यारोपण
परिभाषा
• मावन शरीरको कुनै पनि बिग्रिएको, खिइएको वा असन्तुलित जोर्नीलाई शल्यक्रियाद्वारा कृत्रिम जोर्नी फेर्ने प्रकृयानै जोर्नी प्रत्यारोपण हो ।
जोर्नी प्रत्यारोपण ः
प्रत्यारोपणका उद्देश्यहरुः
१. विग्रिएका जोर्नीहरुमा हुने दुखाइ कम गर्न ।
२. जोर्नीको सन्तुलन पुनः प्राप्त गर्न ।
३. बाङ्गो र अस्वभाविक देखिने जोर्नीलाई सही बनौटमा ल्याउन ।
४. स्वस्थ्य जोर्नीसरह पूर्ण रुपमा कामलाग्ने र दैनिक÷नियमित कार्य बिना दुखाइ गर्न सक्ने हुन ।
जोर्नी प्रत्यारोपण निम्नलिखित तरिकाहरुले सहयोग गर्छ
• दुखाइ कम गर्न ।
• जोर्नीलाई चलाईमान बनाउँछ ।
• हिड्ने गति बढाउँछ ।
जोर्नी बिग्रिनुका कारणहरु ः
• प्रायः गरेर पाको उमेरमा जोर्नी उमेरसगै खिइदै जानु
• जोर्नीको दीर्घकालीन रोगहरु, जस्तैः बाथ रोग, गाउटी बाथ
• पाकेर बिग्रेका जोर्नीहरु
• हाडसहित जोर्नीभित्र समेत भाचिनु ।
जोर्नी बिग्रिएको वा बिग्रन लागेका थाहा पाउन निम्नलिखित परिक्षणहरु गर्न सकिन्छ ।
• एक्स–रे
• सिटी स्क्यान
• एमआरआइ स्क्यान
• ल्याब
जोर्नीको अवस्थाबारे किन चिन्तित हुने ?
• स्वास्थ जीवनयापन र आधुनिक चिकित्सापद्धतिसँगै मानिसको औसत आयु लम्बिदै जाने निश्चित छ । यस प्रकार बढी भन्दा बढी मानिसहरुका लागि जोर्नी प्रत्यारोपणको आवश्कता पर्दै जानेछ ।
• कुनै पनि दुखाइ बिना आफ्ना नियमित कामहरु आफै गर्न सक्ने हनु सन्तुलित र स्वस्थ जोर्नीहरुको आवश्यकता पर्दछ ।
• यस अर्थमा सबैले आफ्नो जोर्नीको राम्रो ख्याल गरी समयमै सचेत हुनुपर्ने देखिन्छ । विशेष गरी घुडा र कम्मरका जोर्नीहरुमा नै बढी मात्रामा समस्या आउने गर्दछ ।
जोर्नी बिग्रिएको वा बिग्रन लागेको कसरी थाहा पाउने ?
१. लामो समयसम्म दुखिरहने ।
२. शरीरिको भार थाम्न नसक्ने ।
३. हिडडुल गर्दा सन्तुलित नहुने ।
४. बाह्य रुपमै बा¨ो÷असामान्य देखिने जोर्नी ।
• माथिका सबै वा कुनै पनि लक्षणहरु भएमा जोर्नी बिग्रिएको हुन सक्छ । तसर्थ नजिकको हाडजोर्नी विशेषज्ञको परामर्श लिनु र उक्त जोर्नीको एक्स–रे गरेर हेर्न जरुरी छ । साथै आवश्यक परेमा जोर्नी प्रत्यारोपण गर्नु पर्ने पनि हुन सक्छ ।
घुँडा खिइएको बिरामीले ध्यान दिनुपर्ने कुराहरु ः
१.वजन बढी भएमा आफ्नो तौल घटाउन जरुरी छ ।
२.सिकाएको कसरत नियमित रुपमा गर्न जरुरी छ ।
३. वकिङ स्टिक वा लठ्ठी लिएर हिडेमा घुडा दुखाइ कम हुन्छ ।
४.नरम सोल भएको जुत्ता लगाउनुपर्छ ।
५. नि–क्याप दिनमा लगाउने राती फुकाउने गर्नु पर्दछ ।
६.धेरै दुखेको बेला डाक्टरले लेखेको दबाई खानुपर्छ । कुनै कुनै दवाई लामो समय खानु पर्ने हुनसक्छ ।
७. दुखेको बेला घुँडामा दिनमा ३ पटक २०–२० मिनेट मन तातो पानीले सेक्नु पर्छ ।
८. सिढीं वा उकालो ओरालोमा सक्दो कम हिड्ने ।
९. भुईमा बस्न हुदैन । कुर्सी, सोफा, वा खाट आदि अग्लो ठाउँमा मात्रै बस्ने ।
१०. बाथरुममा कमोडको व्यवस्था गर्ने, नभए बसेर दिसा–पिसाब गर्ने ।
११.घुँडा बढी नै खिइएमा घुडा फेर्न अप्रेशन गर्नु पर्ने हुनसक्छ ।
कृत्रिम जोर्नी प्रत्यारोपणका प्रभावहरु
• शारीरिक आत्मनिर्भता संरक्षण
• वृद्धामा राम्रो स्वास्थ्यको अवस्था
• युवामा जिवन शैलीमा राम्रो सुधार
कृत्रिम जोर्नी प्रत्यारोपण विभिन्न कारणहरुको विशेषतह अस्टियोआरथ्राटिसले बिग्रेका जोर्नीहरुको उपचार गर्ने मध्ये सबैभन्दा राम्रो तरीका हो । हिप घुड्डा कृत्रिम जोर्नी प्रत्यारोपण गरिने जोर्नीहरु मध्ये बढी गरिने प्रत्यारोपण हो ।
जोर्नी प्रत्यारोपणका जटिलताहरु
• (इन्फेक्सन) संक्रमण हुनु
• जोर्नी खुस्किनु
• प्रोस्थेसिस भाँचिनु
• जोर्नी काम नलाग्ने हुनु
प्रा.डा.पशुपति चौधरी