‘काम गर्न अझै कठिन छ’

  • मंसिर २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ महिला स्वयम्सेविकाले स्वास्थ्य सम्बन्धी काम गर्न धेरै कठिनाई भएको गुनासो गरेका छन् । विभिन्न कठिनाईका कारण सोचेजस्तो काम गर्न नसकेको उनीहरुको गुनासो छ ।
१८ औं महिला स्वयम्सेविका दिवसको अवसरमा धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले धरान १ छाताचौक स्थित स्वास्थ्य चौकीमा गरेको कार्यक्रममा वडा नं. १ की महिला स्वयमसेविका हेलिना मगरले महिला स्वयम्सेवकले सोचेजस्तो काम गर्न नसकेको बताइन् । उनले भनिन्, ‘वडामा रहेका स्वास्थ्य सम्बन्धी कामहरु गर्न घरघरमा पुग्नुपर्ने हुन्छ, महिला स्वयम्सेविकाको काम कर्तव्यको विषयमा सर्वसाधारणलाई जानकारी नहुँदा खुलेर भन्न नसक्ने समस्या भएको छ ।’ उनले स्वास्थ्य सम्बन्धी जनचेतनाको अझै खाँचो रहेको औल्याइन् ।

वडा नं १६ की स्वयम्सेविका शान्ता अधिकारीले काम गर्ने क्रममा धेरै कठिनाई भएपनि समस्यासँग जुधेर भएपनि काम गर्दै आएको बताइन् । उनले भनिन्, ‘वडामा स्वास्थ्यसम्बन्धी जनचेतना अझै सर्वसाधारणसम्म पुगेको छैन, पहिलो कुरा त स्वास्थ्य सम्बन्धी जनचेतनाको खाँचो छ ।’

धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले १८ औं स्वयम्सेविका दिवस अन्तरक्रिया गरेर मनाएको बताए । ‘स्वास्थ्य जीवनशैली हाम्रो आवश्यकता, संकट न्यूनिकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका’ भन्ने नाराका साथ नेपालभरि मनाउने क्रममा धरानमा समेत अन्तरक्रिया गरेर मनाइएको महाशाखा प्रमुख मेहताले बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवस डिसेम्बर ५ मा मनाउने गरिएको छ, त्यही अवसर पारेर नेपालमा पनि मनाइएको हो ।’

धरानमा २०६१ सालदेखि महिला स्वास्थ्य स्वयम् सेविका दिवस मनाउन थालिएको प्रमुख मेहताले बताए । उनले आइतबार भएको कार्यक्रममा महिला स्वयम्सेविकालाई भएको अप्ठ्यारोहरु र समस्यालाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया केन्द्रित रहेको बताए ।

२०१६ देखि २०३० सम्म नेपाल सरकारले लक्ष्य लिएको गरी दिगो विकास कार्यक्रम अन्तर्गत स्वास्थ्य सम्बन्धी सुचक तथा परिसुचक रहेका छन् । ती सुचकहरुलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा समेत अन्तरक्रिया केन्द्रित रहेको महाशाखा प्रमुख मेहताले बताए । धरान उपमहाननगरपालिका अन्तर्गत १ सय ४१ महिला स्वयम्सेविका परिचालिन भएपनि आइतबारको कार्यक्रममा भने १ सय जनाको मात्रै उपस्थिति रहेको थियो ।

नबुझेर असन्तुष्टि जन ...

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह ...

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

"सवै प्रकारका विभेद ...

 शीर्षक को मुख्य नारा सहित रास्ट्रीय दलित गोलमेच स ...

वृक्षारोपण गर्दै महु ...

वराहक्षेत्र/ महुली लघुवित्त वित्तीय संस्था लिमिटेड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved