युवा व्यवसायी मेन्याङ्बोले बालबालिकासँग मनाए जन्मदिन

  • मंसिर १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  युवा व्यवसायी तथा थिएटर सहाराका अध्यक्ष नवीन मेन्याङ्बोले आप्mनो जन्मदिन शनिबार धरान–१३ को इम्मानुयल चिल्ड्रेन होमका बालबालिकासँग मनाएका छन् ।
उनले त्यहाँ आश्रय लिएर बसेका बालबालिकालाई चिल्ड्रेन होममै पुगेर स्वेटर वितरण गर्दै उनीहरूलाई खाना पनि खुवाएका थिए । त्यस क्रममा मेन्याङ्बोलाई शुभकामना दिन चलचित्रकर्मी महासङ्घ प्रदेश १ ले चिल्ड्रेन हाममै औपचारिक कार्यक्रम पनि आयोजना गरेका थियो ।

महासङ्घका प्रदेश १ अध्यक्ष अरुण प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रम महासचिव दिनेश कोइरालाले सञ्चालन गरेका थिए ।

262142432_1750865188440905_2484562439013400816_n 262163248_189457873314953_8064279922781260878_n
कार्यक्रममा सुनसरीभरिका चलचित्रकर्मीहरू र नाट्यकर्मीहरूका साथै मेन्याङ्बो कल्याणकारी सङ्घका पदाधिकारीहरू पनि सहभागी थिए । मान्छेले अरूलाई पनि हँसाउँदै बाँच्नुपर्ने सोचाइबाट अभिप्रेरित भएर आप्mनो जन्मदिन बालबालिकासँग मनाएको उनले बताए । ‘त्यहाँ बालबालिकासँग कार्यक्रम गर्दा एक छिन भए पनि बालबालिका रमाउँछन् भनेर’, मेन्याङ्बोले थपे, ‘अनि अरूलाई पनि आप्mनो जन्मदिन यसरी नै मनाउन प्रेरणा प्राप्त होस् भनेर त्यहाँ गएका हौँ ।’

261133891_480512693388259_7138924507636307223_n
मेन्याङ्बो विजयपुर बचत सहकारी संस्था र सुनसरी चलचित्रकर्मी सङ्घका पनि अध्यक्ष छन् भने उनी अन्य विभिन्न सामाजिक सङ्घसंस्थामा पनि विभिन्न पदीय जिम्मेवारीमा छन् ।

262142432_1750865188440905_2484562439013400816_n

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

"सवै प्रकारका विभेद ...

 शीर्षक को मुख्य नारा सहित रास्ट्रीय दलित गोलमेच स ...

वृक्षारोपण गर्दै महु ...

वराहक्षेत्र/ महुली लघुवित्त वित्तीय संस्था लिमिटेड ...

प्रेमजालमा फसाएर सुन ...

इटहरी/  मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved