‘एउटा मञ्च, दुई प्रतिभाको प्रस्फुटन’

  • मंसिर १४, २०७८
  • कोशीपत्र/संवाददाता
alt

बागिना कला केन्द्र धरानले विगत १० वर्ष देखि वर्षेनी पुर्वाञ्चल सिङगिङ स्टार तथा मिस स्टेट वान गर्दै आएको छ । दुई वर्ष कोरोनाका कारण स्थगित बनेको प्रतियोगिताको आठौं संस्करण धरानमा हुँदैछ ।  प्रदेश नम्बर १ का विभिन्न जिल्ला, शहरबाट उत्कृष्ठ प्रतिभाहरुको खोजि गर्दै उनीहरुलाई समाजमा स्थापित गराउन प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्दै आएको छ । केन्द्रका अध्यक्ष भक्तिराज राईको एकल प्रयासमै विगत वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना हुँदै आएको छ । प्रतियोगिताको आठौं संस्करणको फाइनल खेलमा प्रदेशका विभिन्न क्षेत्रबाट मिस स्टेटका लागि ९ जना किशोरीहरु सहभागि हुँदैछन् भने गायन तर्फ ८ जना बिच प्रतिष्पर्धा हुँदैछ । मंसिर १८ गते हुने प्रतियोगिताको ग्रान्ड फाइनलको तयारीका विषयमा केन्द्रका अध्यक्ष भक्तिराज राई सँग कोशीपत्रले गरेको कुराकानीको सम्पादित अंश ।

● तयारी कस्तो हुँदैछ ?
एकदम भव्य रुपमा तयारी हुँदैछ । सिङ्गल आयोजक भएकाले दौडधुप चलिरहेको छ । ८० प्रतिशत काम सम्पन्न भएको छ । पत्राचार सहित प्रचार प्रसार समेत चलिरहेको छ । विभिन्न व्यक्तित्व विकाशका तालिमहरु प्रदान चलिरहेको छ । पत्रकारिता, महिला शषक्तिकरण, ट्राफिक सचेतना लगायतका तालिम सहित पर्यटन प्रवद्र्धनका लागि विभिन्न स्थानमा घुमफिर लगायत सहभागिहरुलाई विषयगत विज्ञताबाट तालिमहरु संचालन गरिरहेका छौं । प्रदेश नम्बर १ मा एक मात्र एउटै स्टेजमा दुई वटा कार्यक्रमहरुमा पुरस्कार वितरण गर्ने हामी मात्रै हो ।
यता गायन तर्फका सहभागिहरुले आ–आफ्नै क्षेत्रमा रियाजहरु गरिरहेका छन् । धेरै स्थानका भएकाले एकै ठाउँ राखेर रियाज गराउन सकस भएको छ । त्यसैले आफ्नै तरिकाले तयारी गरिरहेका छन् ।

● यस वर्षको प्रतियोगितामा कहाँ कहाँबाट सहभागि हुनेछन् ?
मिस स्टेटका ९ जना सहभागिहरुले तालिम लिइरहेका छन् । कोरियोग्राफर मेरिना तुम्सा राईले प्रशिक्षण दिइरहनु भएको छ । यता गायन तर्फ अघिल्लो वर्ष १० जना सहभागि थिए, यस वर्ष भने कोरोनाका कारण केही असहज परिस्थितीले ८ जनामात्रै फाइनलमा सहभागि हुने भएका छन् । मिस स्टेटका लागि ताप्लेजुङ, भोजपुर, धनकुटा, संखुवासभा, सुनसरी, मोरङ लगायत ठाउँहरुबाट सहभागि छन् ।

● अघिल्लो वर्षको तुलनामा यस वर्ष के फरक छ, प्रतियोगितामा ?
गरिरहेकाले फरक त त्यस्तो छैन् । कार्यक्रमका डिजाईन उस्तै नै हो । अघिल्लो वर्ष कोरोनाका कारण कार्यक्रमलाई प्रभाव पारेको थियो । यस वर्ष पनि कोरोनाकै कारण स्पोन्सरहरु भेटिइरहेको छैन् । आर्थिक रुपमा केही असहज अवश्था छ । आर्थिक रुपमा केही फरक पार्ला तर कार्यक्रम नाफामुखी मात्रै नभई यसको निरन्तरताको लागि आयोजना गरिएकाले गुणस्तरमा कुनै फरक पर्दैन् । जसरी भए पनि कार्यक्रम भव्य र सभ्य हुनेछन् ।

● घाटा नै भइरहँदा पनि किन कार्यक्रमको निरन्तरता ?
पहिलो कुरा म गायन क्षेत्रकै व्यक्ति भएकाले म भन्दा पनि उत्कृष्ठ कलाकारहरु उत्पादन गरौं भन्ने मेरो उद्देश्य हो । कुना कन्दरामा रहेका प्रतिभालाई बाहिर ल्याउने माध्यम हो, यो कार्यक्रम । हाम्रो स्लोगन नै ‘एउटा मञ्च, दुई प्रतिभाको प्रस्फुटन’ भन्ने छ । एउटा मञ्चबाट गायन र सुन्दरी प्रतियोगितालाई सँगसँगै लिएर अघि बढेका छौं । मेरो पेशा, क्षेत्र गायननै भएकाले यसलाई निरन्तरता दिइरहेका छौं । जहिले पनि नाफानै हुनुपर्छ भन्ने छैन्, म भन्दा राम्रो कलाकार उत्पादन गर्न सकौं, दुरदराजका गाउँहरुबाट पनि प्रतिभा ल्याउन सकौं भन्ने प्रमुख उद्देश्य हो ।

● यस अघिका प्रतियोगिताका प्रतिभाहरु कुन अवश्थामा छन् ?
यस अघिका प्रतियोगिताहरुका विजेताहरु राष्ट्रिय स्तरकै कलाकार बनेका छन् । विशेष गरि गायन तर्फका कलाकारहरु विभिन्न अन्तराष्ट्रिय कार्यक्रमहरु सहभागि जनाएका छन् । कोही सामाजिक सेवामा रहेका छन् । समाज प्रति जिम्मेवारी पनि बनाएका छौं हामीले । हामीले सहभागिहरुलाई बाटो देखाउने काम गरेका छन्, लक्ष्य पहिल्याउने काम त उनीहरुकै हो नि । हामीले भविष्यको लागि एक खुड्किला पार गर्न सक्ने बनाउने हो, त्यस पछिको बाटो उनीहरुले तय गर्ने हो, त्यसमा धेरै जना भाईबैनीहरु सफल भएका छन् ।

● प्रतियोगिताको लागि आर्थिक व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
आर्थिक व्यवस्थापन हाम्रो क्लियर छ । स्पोन्सरहरुबाट नै कार्यक्रम संचालन भएका छन् । सहभागिहरुलाई अतिरिक्त शुल्क लिएका छैनौं । धरान लगायत अन्य स्थानका उद्योगि व्यवसायीहरु बाट स्पोन्सर खोजेका छौं । टिकटिङबाट संकलन हुनेछ । पहिलेको जस्तो त छैन्, कोरोनाका कारण अलिक समस्या छ । तर पनि व्यवस्थापन गरिरहेका छौं ।

● प्रतियोगिता पछि सहभागिहरुलाई कसरी साथ रहन्छ ?
हामीले वर्ष दिन भरी उनीहरुलाई साथमा राख्ने हो । विभिन्न कार्यक्रमहरुमा सहभागि गराउने हो । म पनि त्यही पेशाबाट आएकाले उनीहरुलाई एक श्रेणी अघि बढाउने हो । त्यस पछि उनीहरुमै भर पर्छ । तर पनि हामी साथमै हुन्छौं, सहभागिहरुले सहयोगको अपेक्षा गरे अनुसारको सहयोग हामी गर्छौ ।

miss state 2019

मिस स्टेट १ सिजन ७ का बिजेताहरु ।

● यस्ता कार्यक्रमहरुमा स्थानीय सरकारबाट कस्तो सहयोग रहन्छ ?
स्थानीय सरकारबाट कुनै सहयोग छैन् । तर पनि धरानका विभिन्न वडाहरुमा प्रस्तावहरु पेश गरेको छु, तर कसैले सहयोग गर्ने प्रतिबद्धता जनाएका छैन् । यहाँ संगित प्रतिष्ठान छ, तर त्यसको कुनै काम छैन् । यसले संगितलाई माथि उठाउने काम गर्नु पर्ने हो, तर गर्न सकेको छैन् । बरु अन्य विधाका संस्थाहरुले सहयोग गरेको छ । विभिन्न राजनितिक कार्यक्रमहरु हुने गरेका छन् तर हामीले सांस्कृतिक कार्यक्रम तथा सांगितिक कार्यक्रमहरु गर्न पाइरहेका छैनौं, त्यसमा पनि स्थानीय सरकारको कुनै भुमिका देखिन्दैन् ।

● प्रतियोगिताका विजेताहरुलाई पुरस्कार के छ ?
मिस स्टेटका लागि विजयीलाई क्राउन सहित हिरो होण्डाको डिओ स्कुटी सहित एयर होस्टेज अध्ययन गर्न चाहने वा बिबिएसका लागि निशुल्क अध्ययन सहित विभिन्न गिफ्ट ह्याम्पर र एउटा म्युजिक भिडियोमा ठाउँ दिइनेछ । फस्ट रनर अपलाई नगद ५० हजार सहित एयर होस्टेज वा विबिएस अध्ययनका लागि ५० प्रतिशत छुट सहित विभिन्न गिफ्ट ह्याम्पर र सेकेण्ड रनर अपलाई २५ हजार नगद सहित एयर होस्टेज वा बिबिएस अध्ययनका लागि २५ प्रतिशत छुट सहित विभिन्न गिफ्ट ह्याम्पर दिइनेछ । विभिन्न ९ वटा विधागत पुरस्कारहरु पनि छन् ।
यता गायन तर्फ पहिलो हुनेलाई नगद ५० हजार सहित ट्रफि, एउटा गिटार, एक वर्ष म्युजिक कोर्ष, एउटा गित रेकर्ड, दोस्रोलाई नगद २५ हजार सहित ट्रफि, गिटार, ६ महिना म्युजिक कोर्ष, एउटा गित रेकर्ड र तेस्रोलाई नगद १५ हजार सहित ट्रफि, गिटार, ३ महिना म्युजिक कोर्ष र एउटा गित रेकर्ड
पुरस्कार दिइनेछ ।

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved