कोरोनाको नयाँ भेरियन्ट: सचेत हुन आवश्यक

  • मंसिर १२, २०७८
  • कोशीपत्र/संवाददाता
alt

देशमा कोरोना महामारीको दोस्रो लहर मत्थर हुँदै गएपछि विभिन्न क्षेत्रमा चहलपहल देखिन थालेको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण सरकारले बन्दाबन्दी वा निषेधाज्ञा जारी गरेका बेला देशका सबै क्षेत्र ठप्प हुँदा आर्थिक गतिविधि पनि निष्क्रिय थिए । यसले व्यक्तिगत र राष्ट्रिय अर्थतन्त्रमै नकारात्मक प्रभाव परेको थियो । अहिले बल्ल आर्थिक क्रियाकलापले गति लिन लागेको छ तर विज्ञहरूले जोखिम अभैm समाप्त नभइसकेको बताएका छन् ।

यस्तो बेलामा दक्षिण अफ्रिकामा हालै कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको समाचार आएको छ । यो नयाँ भेरियन्ट ‘बी.१.१.५२९’ बढी जोखिमपूर्ण भएको वैज्ञानिकहरूको भनाइ छ ।
दक्षिण अफ्रिकामा फेला परेको नयाँ भेरियन्ट हङकङ र बोत्स्वानामा समेत फेला परेको बताइएको छ । नयाँ भेरियन्टमा पटक–पटक एउटै प्रकारको म्युटेसन हुने मात्रा ‘अस्वाभाविक’ देखिएको वैज्ञानिकहरूले बताएका छन् । म्युटेसनको ‘अस्वाभाविक मात्रा’ का कारण नयाँ भेरियन्टले शरीरको रोगप्रतिरोधी क्षमता छल्न सक्ने र थप सङ्क्रामक बन्न सक्ने वैज्ञानिकहरूको चिन्ता विभिन्न सञ्चारमाध्यममा आएका छन् । यसबारे वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन् र नयाँ भेरियन्ट कति सङ्क्रामक र गम्भीर छ भनेर केही दिनभित्रै पत्ता लाग्ने बताइएको छ । नयाँ भेरियन्टको म्युटेसनको क्षमता निकै उच्च रहेकाले पुनः सङ्क्रमण देखिएको बताइएको छ ।

हाम्रो देशमा दोस्रो लहर बिस्तारै मत्थर हुँदै गएपछि सरकारले विभिन्न मुलुकसँग नेपालको सिधा हवाई उडान खुला गरिसकेको छ । हवाई उडानमार्पmत् आउने नागरिकले नयाँ भेरियन्ट भित्र्याउने जोखिम उच्च रहेको देखिन्छ । नयाँ भेरियन्ट देखिएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि आपतकालीन बैठक बोलाएको छ भने बेलायतले ६ वटा अफ्रिकी मुलुकबाट हुने हवाई उडान अस्थायी रूपमा बन्द गरिसकेको छ ।

यसप्रति हामीले पनि बेलैमा सचेत हुन आवश्यक छ । नयाँ भेरियन्ट डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको अवस्थामा सङ्क्रमण दर तीव्र भएर उपचार प्रणालीमा समस्या ल्याउन सक्छ । नयाँ भेरियन्ट बढी घातक भएमा ठुलो मानवीय सङ्कट आउन सक्छ । नयाँ भेरियन्टबारे वैज्ञानिकहरूले अध्ययन गरिरहेका हुँदा यसको प्रभावबारे अहिले पर्याप्त थाहा हुन सकेको छैन । यो भेरियन्टले हामीले प्रयोग गरिरहेका खोपलाई छल्ने क्षमताको विकास गरेको भए अझ जोखिम हुन सक्छ । यसर्थ, हामीले लापर्वाही गरेमा समस्या बढ्न सक्ने जोखिम यथावत् छ । नेपालमा कोरोना सङ्क्रमित पुष्टि हुनेको सङ्ख्या अहिले पनि दैनिक तीन सयको हाराहारीमा छ । यस्तोमा कुन भेरियन्ट सक्रिय छ भनेर पत्ता लगाउन जिन सिक्वेन्सिङ गर्न जनस्वास्थ्यविद्हरूले सरकारलाई सुझाव दिएका छन् ।

यसप्रति सरकारको संवेदनशीलता आवश्यक छ । नयाँ भेरियन्ट पैmलिएका मुलुकहरूमा नेपालबाट सीधा हवाई सम्पर्क नभए पनि ती मुलुकबाट अन्य मुलुकमा पुगी त्यहाँबाट नेपाल भित्रिने सम्भावना रहने हुँदा नेपाल जोखिम मुक्त छैन । भारतसँगको खुला सीमा र विभिन्न मुलुकसँगको सीधा हवाई सम्पर्कका कारण नयाँ भेरियन्ट नेपाल भित्रिन सक्ने जनस्वास्थ्यविद्हरूको चिन्ता छ । यो चिन्ता आधारहीन छैन । यसप्रति बेलैमा सजग भएर सावधानी नअपनाउने हो भने ठुलो सङ्कट निम्त्याउन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।

सरकारले निगरानी प्रणालीलाई सक्रिय बनाउँदै विमानस्थलमै हेल्थ डेस्क राखेर स्वास्थ्य जाँच गर्ने र सङ्क्रमित देखिएमा क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउनुपर्छ । नयाँ भेरियन्ट भेटिएको मुलुकबाट आएका व्यक्तिमा सङ्क्रमण पुष्टि भए जिन सिक्वेन्सिङ गर्ने व्यवस्था पनि मिलाउनु आवश्यक छ ।

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved