‘लैंगिक हिंसा विरुद्धको अभियान गाउँसम्म’

  • मंसिर १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान उद्घाटन गर्दै प्रदेश नं. १ का सामाजिक बिकास मन्त्री जय राम यादव सहित अभियानकर्मीहरु ।

विराटनगर/ लैंगिक हिंसा विरुद्धको अभियान गाउँ–गाउँमा पु¥याउनु पर्नेमा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले जोड दिएका छन् । उनले अभियानलाई गाउँ–गाउँमा पु¥याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने बताए ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहीबार विराटनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने साझा अभियानको शुरुवात गर्दै मन्त्री यादवले सरकारले मात्रै अभियान सञ्चालन गर्दैमा लैंगिक हिंसा अन्त्य गर्न कठिनाई हुने भएकाले आ–आफ्नो तहमा सवै निकायले अभियान सञ्चालन गर्नुपर्ने बताए ।

“घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ अभियान शुरुवात गर्दे विराटनगरमा प्रभात फेरि निकालिएको छ । प्रभातफेरिमा सामाजिक विकास मन्त्री यादव, राज्यमन्त्री विष्णु तुम्बाहाम्फे, विभिन्न सामाजिक संघ संस्थाका लगायतकाको प्रभातफेरिमा सहभागिता रहेको थियो । देवकोटा चौकबाट शुरु ¥यालीले बजार परिक्रमा गरी पुनः देवकोटा चौकमा आएर समापन भएको थियो ।
अभियान अन्र्तगत विहिबार साँझ ट्राफिक चौकमा दीपप्रज्वलन गरिएको थियो ।

सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी अभियानलाई १६ दिनसम्म जनचेतनामुलक ढंगले विविध कार्यक्रम गरी संचालन गरिने बताइन ।साझा अभियानमा सरकारी निकायहरुका साथै मानव अधिकार सञ्जाल, अन्तरपार्टी महिला सञ्जाल, नेपाल बार एशोसिएसन, विराटनगरका सामुदायिक विद्यालय, ओसीएमसी कोशी अस्पताल, गैसस महासंघ, माइती नेपाल लगायतका संस्थाहरुको सहभागिता रहेको छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved