विराटनगर/ लैंगिक हिंसा विरुद्धको अभियान गाउँ–गाउँमा पु¥याउनु पर्नेमा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले जोड दिएका छन् । उनले अभियानलाई गाउँ–गाउँमा पु¥याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने बताए ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहीबार विराटनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने साझा अभियानको शुरुवात गर्दै मन्त्री यादवले सरकारले मात्रै अभियान सञ्चालन गर्दैमा लैंगिक हिंसा अन्त्य गर्न कठिनाई हुने भएकाले आ–आफ्नो तहमा सवै निकायले अभियान सञ्चालन गर्नुपर्ने बताए ।
“घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ अभियान शुरुवात गर्दे विराटनगरमा प्रभात फेरि निकालिएको छ । प्रभातफेरिमा सामाजिक विकास मन्त्री यादव, राज्यमन्त्री विष्णु तुम्बाहाम्फे, विभिन्न सामाजिक संघ संस्थाका लगायतकाको प्रभातफेरिमा सहभागिता रहेको थियो । देवकोटा चौकबाट शुरु ¥यालीले बजार परिक्रमा गरी पुनः देवकोटा चौकमा आएर समापन भएको थियो ।
अभियान अन्र्तगत विहिबार साँझ ट्राफिक चौकमा दीपप्रज्वलन गरिएको थियो ।
सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी अभियानलाई १६ दिनसम्म जनचेतनामुलक ढंगले विविध कार्यक्रम गरी संचालन गरिने बताइन ।साझा अभियानमा सरकारी निकायहरुका साथै मानव अधिकार सञ्जाल, अन्तरपार्टी महिला सञ्जाल, नेपाल बार एशोसिएसन, विराटनगरका सामुदायिक विद्यालय, ओसीएमसी कोशी अस्पताल, गैसस महासंघ, माइती नेपाल लगायतका संस्थाहरुको सहभागिता रहेको छ ।