वराहक्षेत्रमा कार्तिके मेला शुरु : भारतबाट पनि आए तिर्थालु

  • मंसिर २, २०७८
  • "संगम विष्ट"
alt तिथार्लुको सहजताका लागि कोका खोलामा बनाइएका टहराहरु ।

बराहक्षेत्र । धार्मिक मेलाको रुपमा मानिदैं आएको हरिबोधिनी एकादशी मेलाको रौनक सोमवार देखि वराहक्षेत्र धाममा शुरु भएको छ । सनातनी नेपालीहरुले तुलसीको विवाह पर्वको रुपमा मनाउने एकदशीको अवसरमा नदिहरुका संगमस्थलहरुमा धार्मिक मेला लाग्ने गर्दछ । हिन्दु धर्मका प्रमुख चार धाम मध्ये एक मानिएको बराहक्षेत्र धाममा लाग्ने हरिबोधिनी एकादशी मेला प्रसिद्ध छ । यसपाली हरिबोधिनी एकादशी कात्तिक २९ गते देखी मङसिर ३ गते पूर्णिमाको दिन सम्म ५ दिन सम्म मेला लाग्नेछ ।

कात्तिके मेलाको नाममा आयोजना हुने हरिबोधिनी एकादशी मेलाको महत्व बढेको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए । उनले भने, ‘प्रदेश १ को धार्मीक रुपमा प्रमुख तिर्थस्थल वराहक्षेत्रधाममा हरिबोधनी एकादशी मेलाको महत्व पनि ज्यादै रहनेछ ।’ सुनसरीको वराहक्षेत्रधाममा ठुलो एकादशी अर्थात हरिबोधनी एकादशीको दिन देखि कात्तिके मैलाको रौनकले वराहक्षेत्र तिर्थालुमय बनेको पहिलो दिनको दिर्थालुहरुको आगमनले गरेको उनले बताए ।

शास्त्रीय प्रमाणहरुको आधारमा वराहक्षेत्रमा वर्षनै कात्तिके मैलाको नाममा ठुलो एकादशीका दिन देखि पुर्णिमा सम्म ५ दिन मेला लाग्ने वराहक्षेत्रका पण्डीत योगेस भण्डारी बताउँछन् । माघे मेलामा कोवा कौशिकिको संगम स्थलमा गएर स्नान गर्ने परम्पता रहेको छ भने हरिबोधिनी एकादशी मेलालाई भगवान बिष्णुको महिमासंग जोडिएको पण्डीत भण्डारीको तर्क छ ।

वराहक्षेत्र नगरपालीका वडा नं १ को वराहक्षेत्र मन्दिर परिषरमा लाग्ने हरिबोधिनी एकादशी मेलामा पुजा आर्चना र मेला भर्न ५ लाख भक्तजन आउने गरेको बिगतको तथ्य रहेको संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताए । भक्तजनलाई शान्त सुरक्षित र सहज बनाउन सुरक्षा, स्वास्थ्यको प्रबन्ध गरिएको उनले बताए ।

मेलामा भक्तजन कहाबाट आउछन्
बिशेषगरी यस एकादशी मेलामा नेपालका तराई क्षेत्र र भारत, बंगलादेश लगायतका मुलुकहरुबाट तिर्थालुहरु आउने गर्दछन । गत बर्षका एकादसी मेलामा ५ लाख तिर्थालुहरु आउने गरेको वराहक्षेत्र संरक्षण मञ्च बताउँछन् । धरानबाट चतरा हुँदै र झुम्काबाट वराहक्षेत्रमा तिर्थालुहरु आउने गरेका छन् । यस वर्षको कात्तिके मेलामा पनि गत बर्षहरु जस्तै तिर्थालुहरु आउने अनुमान गरिएको संरक्षण मञ्चले जनकाएको छ ।
एकादशी मेलामा व्यापार ।

वराहक्षेत्र मन्दिर क्षेत्रमा एकादशी मेलाका लागि कोका खोलामा करिब ८० वटा ब्यापार प्रयोजनक लागि टहरा बनाईएको छ । जहाँ होटल, प्रसाद, फलफुल जस्ता बस्तुहरुको अलग अलग क्षेत्र छुटाईएको छ । वराहक्षेत्र मन्दिरमा दर्शन गर्न सामान्य पर्वहरुमा १ हजार तिर्थालु आउने गर्दथे यस हरिबोधिनी एकादसी मेलाको पाच दिनमा पाच लाख तिर्थालुहरु आउदा वराहक्षेत्रमा ब्यापर बृद्धि हुने सहजै अनुमान लगाउन सकिन्छ ।
स्थानीय उत्पादन प्रथामिकता

वराहक्षेत्रमा लाग्ने विभिन्न मेला महोत्समा स्थानीय क्षेत्रमा उत्पादन गरिएका बस्तुहरुले प्रथामिकता पाउने गरेका छन् । मेलाना तेजपत्ता, सुन्तला, बदाम, नागवेलि जस्ता स्थानीय उत्पादित बस्तुको बिक्रि हुँदा कात्तिकै मेलामा पनि वदाम, वराहक्षेत्रसंग जोडीएको धनकुटाको सुन्तला, सुर्यकण्डका हर्दि, अदुवा जस्ता बस्तुहरु तिर्थालुहरुले खरिद गरेर लाने गरेका छन् ।

विश्वलाई चकित बनाउने ...

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा ...

करेन्टबाट माछा मार्न ...

सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करे ...

नबुझेर असन्तुष्टि जन ...

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह ...

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved