कृषकलाई सम्मान सहित आलुको विऊ वितरण

  • मंसिर १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा/ उत्कृष्ट कृषकहरुलाई शहिदभुमि गााउपालिका वडा नं ४ खोकुले कृषकलाई सम्मान गर्दै उन्नत जातको आलुको बिउँ वितरण गरेको छ ।
एमाले जिल्ला पार्टी अध्यक्ष तथा संघीय प्रतिनिधि सभा सदस्य राजेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ५२ क्वीण्टल १४ के जि आलुको बिउँ वडा नं ४ का कृषकलाई वितरण गरिएको हो ।

वडा नं ४ ले वडामा तरकारी उत्पादनमा कृषकलाई व्यवसायीक रुपमा तरकारी खेतिमा लाग्न थप प्रोत्साहन तथा तरकारी उत्पादन वृद्धि गर्नका लागि ३ लाख ६४ हजार ९ सय ८० रुपैया बराबरको उन्नतजातका खोकुको हावा पानी माटोमा खेति गर्न मिल्ने कार्डिनल जातको आलुको विउँ खरिद गरेर वितरण गरिएको वडा अध्यक्ष भुपेन्द्र राईले बताए । कार्यक्रममा सांसद राईले जनताको जीवनमा परिवर्तन ल्याउन, आर्थिक रुपान्तरण गर्नका लागि कृषिक्षेत्रमा प्राबिधिक विषयलाई जोडदिनु पर्ने बताए ।

उनले भने, ‘किसानलाई कसरी व्यवसायीकरण र आधुनीकिकरण गर्न र कृषिमा आधुनिकीकरण ल्याउनका लागि सधै गम्भिर भएर काम गरिरहेको छौं ।’ सहिदभुमिमा किसानको जिवन स्तरमा सुधारका लागि कृषि क्याम्पसको व्यवस्था गर्ने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा तरकारी उत्पादनमा सर्वोत्कृष्ट भएका ४ जना कृषकलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा जयकुमार राई, ओमप्रकाश खड्का, मित्र बहादुर राई र बिना राई रहेका छन् । त्यस्तै तरकारी उत्पादन गरेर उत्कृष्ट भएका २५ जना कृषकलाई पनि सम्मान गरेका थिए ।

कोशीको करिब ३७ अर्ब ...

विराटनगर/  नेपालका सातै प्रदेश सरकारले आज आर् ...

पाँचथरमा निर्माणाधीन ...

फिदिम/ पाँचथरको हेवाखोला क्षेत्रमा निर्माणाधीन बेल ...

एस.ई.ई. स्पिकर फाइनल ...

धरान/ एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टहरूल ...

विश्वलाई चकित बनाउने ...

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved