१६ महिनाको अवधिमा ४ सय अपराध, फरार सुचिमा १ सय जना

  • मंसिर १, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीबाट प्रमुख डिएसपी अर्जुन कसीले सोमबारबाट बिदाइ भएका छन् । उनको कार्यअवधि समाप्त भएपछि इटहरीबाट विदाई लिएका हुन् ।
बिदाइ लिने क्रममा सञ्चारकर्मिहरूसंगको भेटमा उनले इटहरी रहँदा इटहरीबासीले गरेको सहयोग अतुलनीय भएको बताए । उनले भने –‘ प्रहरीको काम कार्वाहीमा स्थानीय सरकारदेखि राजनीतिक दल ,व्यापारी व्यवसायी र नगरवासिहरूको साथ ,सहयोग अतुलनीय रहयो ।’

आफू इटहरी रहदा अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम राख्ने सवालमा नसोचेको सफलता कायम राखेको दाबी गरे । उनले पुरानो वर्षको तुलनामा गत वर्ष ०७७।०७८ र चालु आर्थिक वर्षको कार्तिक २५ सम्मको विवरण हेर्ने हो भने पनि अपराध तथ्यांक केही घटेको बताए ।

उनले ०७६÷७७मा पाचसय बढी अपराधका मुद्धाहरू दर्ता भएको र ०७७÷७८मा ४ सय १३ वटा अपराधका मुद्धा दर्ता भएको जानकारी दिए । त्यस्तै चालु आर्थिक वर्षको साउन देखि कार्तिक २५ गते सम्ममा ५६ भन्दा बढी अपराध सम्बन्धि उजुरी परेको प्रहरीको बिवरणमा देखिएको छ । अपराधका मुद्दामध्ये इटहरीमा सबैभन्दा बढी लागुऔषध कारोबार सम्बन्धिका मुद्धाहरू रहेको बताउदै लागू औषध दिनप्रतिदिन चुनौतिको विषय बन्दै गएको बताए ।

उनले इलाका प्रहरी कार्यालयको प्रमुख रहेरकाम गर्दा उल्लेखनिय मात्रामा लागू औषध बरामद गरेको र यसमा संलग्न अभियुक्तहरूलाइ पनि कानुनी दायरामा ल्याउन सफल बनेको प्रस्ट पारे । उनले लागू औषधसँगै इटहरीमा ठगी , जबरजस्ती करणी, चोरी , बैंकिङ कसुर सम्बन्धिका मुद्धाहरू पन आएको बताउदै यी मुद्दामध्ये धेरै जसो फर्स्योट भइसकेको बताए ।
डिएसपी केसीले विगतको वर्षको तुलनामा यो चालु वर्षको तिन महिनामा साझेदारी समुदाय प्रहरी कार्यक्रम अन्तरगत ९० वटा कार्यक्रम सफल भएकोे बताए । १६ महिना इटहरी रहँदा सुखद क्षणको अनुभव संगालेर बिदा हुन पाउदा गर्व लागेको उनको भनाइ छ ।

उनका अनुसार इटहरीबाट गएको आर्थिक वर्ष ७७ ÷७८ र चालु आर्थिक वर्षको कार्तिक २५ सम्ममा १ सय अभियुक्तहरू अझै पनि फरार सूचिमा रहेको बताए ।
डिएसपी केसीलाई इटहरी उपमहानगरपालिका अन्तरगत समुदाय –प्रहरी पालिका समितिले सकेच विदाई गरेको छ । पालिका समितिका अध्यक्ष द्वारिकलाल चौधरीले डिएसपि केसीलाइ बिदाइ गरेका हुन । समुदाय –प्रहरी पालिका समितिका सह संयोजक समेत रहेका डिएसपी केसीले इटहरी रहँदा स्थानीय सरकारको तर्फबाट पाएको साथ ,सहयोग र सम्मानको सधैव कदर गर्दै अघि बढने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

डिएसपी केसी इटहरीबाट बनेपा स्थित प्रहरी प्रदेश कार्यालय सरूवा भएका छन भने केसीकोे ठाउँमा इटहरीमा डिएसपी खगेन्द्र खडका प्रमुखभ भएर आउने भएका छन ।

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

कोशीको करिब ३७ अर्ब ...

विराटनगर/  नेपालका सातै प्रदेश सरकारले आज आर् ...

पाँचथरमा निर्माणाधीन ...

फिदिम/ पाँचथरको हेवाखोला क्षेत्रमा निर्माणाधीन बेल ...

एस.ई.ई. स्पिकर फाइनल ...

धरान/ एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टहरूल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved