बुढासुब्बा मन्दिरको चर्चा भारतमा पनि

  • मंसिर १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt तस्वीर सौजन्यः विनय प्रधान

धरान/ धरान १४ विजयपुरमा रहेको मन्दिरको चर्चा दिनप्रतिदिन चुलिदै गएको छ । चर्चा चुलिएकै कारण अहिले नेपालबाट मात्र हैन भारतबाट समेत बुढासुब्बा मन्दिरको दर्शन तथा पूजाआजाका लागि आउने तिर्थालुहरु बढ्दै गएका छन् ।
विजयपुरमा रहेका अन्य मन्दिरको भन्दा बेग्लै चर्चा कमाएको बुढासुब्बा मन्दिरको ऐतिहासिकताको महिमा सुनेरै दर्शन तथा पूजाआजा गर्न आउने गरेको पूजारी बताउँछन् ।

धरान १४ बुढासुब्बा नजिक पूजाका सामाग्री वितरण गदै आएका इन्द्रबहादुर श्रेष्ठले बुढासुब्बा मन्दिरको महिमा चुलिदै गएका कारण दिनप्रतिदिन भक्तजनहरु बढ्दै गएको बताए । उनले कोरोना महामारीका समयमा समेत फाट्टफुट्ट भक्तजन आए पनि मन्दिर बन्द भएका कारण बाहिर गेटमा नै पूजा गरेर फर्किने गरेको उनले बताए । उनले भने, ‘केही समय अगाडि देशका विभिन्न जिल्लाबाट मात्र भक्तजन बुढासुब्बा मन्दिरमा पूजाआजाका लागि आउने गर्थे, अहिले त भारतबाट समेत यो मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउन थालेका छन् ।’

शनिवार र आइतबार भीडले पनि श्रेष्ठको भनाईको पुष्टि गरेको छ । आइतबार र सोमबार बुढासुब्बा मन्दिरमा थामिनसक्नु भीड रहेको थियो । धरान १४ विजयपुरकै व्यवसायी, समाजसेवी प्रेमप्रसाद पराजुली भक्तजन विस्तारै बढ्न थालेका बताउँछन् । उनले कोरोना महामारीमा समेत भक्तजन फाट्टफुट्ट आउने गरेको बताउदै मन्दिर खुल्ला भएपछि बुढासुब्बा मन्दिरमा दर्शन गर्न आउनेको संख्या ह्वात्तै बढेको बताए । उनले भने, ‘असहज परिस्थितिमा केही कम थियो, अहिले सहज बन्दै गएपछि भक्तजन ह्वात्तै बढेको छ ।’

धरान उपमहानगरपालिका १४ नं. वडा समितिका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लाने योजना स्थानीय सरकारले गरेको बताए । उनले भने, ‘बुढासुब्बा मन्दिरमात्र हैन यहाँका चर्चामा रहेका मठमन्दिर र चर्चा हुन नसकेका मन्दिरको पनि प्रचार अभियानलाई अगाडि सारेका छौं, ऐतिहासिक, पुरातात्विक सम्पदाको संरक्षण गर्दै यसको प्रवद्र्धनमा स्थानीय सरकार जुट्छ ।’

कोशीको करिब ३७ अर्ब ...

विराटनगर/  नेपालका सातै प्रदेश सरकारले आज आर् ...

पाँचथरमा निर्माणाधीन ...

फिदिम/ पाँचथरको हेवाखोला क्षेत्रमा निर्माणाधीन बेल ...

एस.ई.ई. स्पिकर फाइनल ...

धरान/ एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टहरूल ...

विश्वलाई चकित बनाउने ...

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved