‘परम्परागत दशै हराउँदै छ’

  • असोज २६, २०७८
  • "गोविन्द बस्नेत"
alt

धरान । पहाडी ग्रामीण क्षेत्रमा दशैको पूर्व सन्ध्यामा छुट्टै रौनकता छाउथ्यो । दशै भित्रिन लाग्दा घर आगन सरसफाई देखि लिएर रातोमाटोले लिपपोत गर्दा गाउँनै झिलीमिली भएको आभाष हुन्थ्यो भने दशैको रौनकता समेत छुट्टै हुन्थ्यो ।
तर पछिल्लो समय ढुँगामाटाले बनेका घर विस्थापित भई पक्की भवन निर्माण हुन थालेपछि रातो माटोले लिपपोत गरेर घर रंग्याउने चलन नै हराउँदा गाउँ घरमा दशै आएको रौनक नै हराउन थालेको छ ।

लाली गुरास नगरपालिका वडा नं. २ की नैनमाया थापा दशै आउन लागेपछि घर लिपपोतमा व्यस्त हुन्थिन् । दशै भित्रिन थालेसँगै रातोमाटो र कमेरोले घर रंगाउन थाल्थिन । तर उनी २०६० सालमा बसाई सरेर धरान झरिन् । छोराले विदेशबाट पठाएको पैसाले धरान १५ मा एकतले पक्की घर बनाइन् र अहिले त्यही घरमा बस्छिन् । उनी भन्छिन्, ‘धरान झरेदेखि आफूलाई दशै नै आएजस्तो लाग्दैन, पहाडमा हुँदा घर लिपपोत, ढिकीमा चिउरा कुटेर अघि नै व्यवस्थित गर्थिन्, गाउँघरका सबै मिलेर काम गर्थिम्, यहाँ त न लिपपोत छ, न सरसफाई, बजार गयो, किन्यो ल्यायो मात्रै छ ।’

उनीमात्र हैन लालीगुरास नगरपालिका वडा नं. ६ की देवी बस्नेतको भनाई समेत उस्तै छ । फुसको छानो र ढुँगामाटोको घरमा करिब जीवननै विताएकी उनी पनि धरान झरेपछि दशैको रौनक नै नआएको बताउँछिन् । उनी भन्छिन्, ‘पहाडमा धेरै रमाइलो हुन्थ्यो, घर लिपपोत गर्ने देखि लिएर ढिकीजातो चलाउँदा साच्चिकै दशै आयो भन्ने हुन्थ्यो, छुट्टै रमाइलो हुन्थ्यो । यहाँ (धरान) झरेदेखि दशै आयो भने पनि रमाइलै लाग्दैन ।’ उनले भनिन्, ‘धरान ८ लांघाली चँौकमा बस्दै आएकी उनले सबैको घरमा पहाडमा प्रायः एकै प्रकारको सजावट हुँदा को धनी को गरिब भन्ने छुट्टिदैनथ्यो । यँहा त गरिब र धनीको दशै नै छुट्टै हुन्छ जस्तो लाग्छ ।’

उनीहरु संखुवासभाको टुटे देउरालीबाट २ देखि ३ घण्टाको बाटो रातो माटो बोकेर ल्याउने गर्दथे । माटो खन्दा ढिस्कोले पुरिने हो कि भन्ने चिन्ता धेरै हुन्थ्यो । नैनकला भन्छिन्, ‘दशै आउन लागेपछि गाउँका सबै महिला मिलेर हामी दुई तीन घण्टाको बाटो माटो लिएर आउथ्यौ, भोलि वा पर्सिपल्ट देखि सिंगार पटारमा लाग्थ्यौ, दुःख पनि थियो, संगै सुख पनि थियो ।

अहिलेका युवा पुस्तालाई यो कुरा सुनाउँदा कहानीजस्तो मान्ने नैनकला बताउँछिन् । उनी भन्छिन््, ‘योे सबै हराइसक्यो, सुनायो भने पनि पत्याउदैनन् ।’ अहिलेका पुस्तालाई व्यंग्य गर्दै उनले पहिला भन्दा दशै खर्चिलो भन्दै गएको बताइन् । दशैमा टिका लगाएर मान्यजनबाट टीका ग्रहण गर्ने आर्शीवाद लिने दशै पर्व पछिल्लो समय गरिबका लागि दशा र धनीको लागि दशै भएको उनी बताउँछिन् । उनले ‘दशै पर्व सबैले मनाउनु पर्ने तर पम्परागत संस्कृतिलाई कहिल्यै मर्नु दिनु नहुने बताइन् ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved