इटहरीका मेयरको दबगं शैली, कार्यकक्षमै थुनिदिए स्थानीयलाई

  • साउन २८, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी/  सार्वजनिक जग्गा खोजि अभियानमा लागेको भन्दै दबंग शैली अपनाएका इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरी बुधबार पुनः आलोचित बनेका छन् ।
सार्वजनिक जग्गा भन्दै नीजि जग्गामा ब्यवसायीले बनाएको पर्खालमा डोजर लगाएर बिवादमा तानिएका चौधरीले बुधबार खोलाको जमिन मिचेर घर बनाएको भन्दै एक सेवाग्राहीलाइ कार्यकक्षमा थुनेपछि पुनःआलोचित बनेका हुन् ।

इटहरी ४ आइतबारे स्थित याम प्रसाद ढकाललाइ नगर प्रहरी लगाएर पक्राउ गरि कार्यकक्षमा बोलाएर थुनेका हुन् । ढकालले इटहरीको आइतबारे स्थित नक्सा पास नगरी खोलाको जग्गा मिचेर घर बनाएको भन्दै मेयर चौधरीले कार्यकक्षमा बोलाइ थुनेका थिए ।

कार्यकाल सकिन केहि महिना बाँकि रहदै इटहरी क्षेत्रमा रहेको सार्वजनिक जग्गा उपमहानगरको मातहतमा ल्याइ सक्ने बताएका मेयर चौधरीले अब आफु एक्सनमा उत्रिएको बताइसकेका छन् । उनले पटक पटक ढकाललाइ खोला मिचेर बनाएको घर भत्काउन भनि अनुरोध गर्दा नटेरेपछि बोलाएर थुनेको बताए । ढकाललाइ कार्यकारी अधिकृत बस्ने कोठामा राखेर बाहिरबाट चुकुल लगाइ मेयर चौधरी बाहिर निस्किएका थिए । ढकालले आफुमाथि अभद्र ब्यवहार भएको गुनासो गरेका छन् । बिहानै अपमानजनक ढंगले नगर प्रहरीहरू आएर काम छ भन्दै अपहरण शैलिमा घरबाट उठाएर लगेको आरोप लगाए । मेयर चौधरीले कार्यकक्षमा बोलाएर खोला माथि बनाएको घर एक हप्ता भित्र भत्काउने कि थुन्दिम भनेर धम्कि दिएको र आफुले बनिसकेको संरचना नभत्काउने भनेपछि कार्यकारी अधिकृतको कोठामा थुनेर भागेको पिडित ढकालको भनाइ छ ।

स्थानीय ढकाल माथी मेयर चौधरीले अभद्र ब्यवहार गरेको भन्दै नेपाली कांग्रेस इटहरीले आपत्ती जनाएको छ । केहि दिन यता मेयर चौधरीको गतिविधि असामान्य रहेको भन्दै नेपाली कांग्रेस इटहरीले उपमहानगर अन्तरगत मेयरको कार्यकक्षमा तालावन्दी गरेका छन । खोला माथी घर बनाएको प्रमाणित भए कानुन अनुसार अघि बढ्न इटहरी कांग्रेसले सुझाव दिदै मेयर चौधरीको कार्यकक्षमा ताला लगाएको हो । नगरवासीकै करबाट पालीएका स्थानीय सरकारले नगरका जनतालाई सेवा सुविधा दिनुको सट्टा अपहरण शैलिमा घरबाट मान्छे उठाएर अनाधिकृत थुन्ने काम गरेको भन्दै कांग्रेस इटहरीले आपत्ती जनाएको हो ।

बिधि र कानुन भन्दा माथि गएर मान्छे थुन्नु गलत रहेको नेपाली कांग्रेस इटहरी सभापति हेमकर्ण पौडेलले बताए । गल्ती गरेको खण्डमा दोषि करार गरी सजाय दिने काम अदालतको हुँदा हुँदै कानुन हातमा लिने अधिकार कसैलाइ नभएको सभापति पौडेलले बताए । उनले कार्यकक्षभित्र थुनामा राखिएका ढकाललाइ यथाशिघ्र रिहाइ गरिनुपर्ने मेयर समक्ष अनुरोध गरेका छन ।

 

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved