कोरोना खोप होटलमा, फोकल पर्सन निलम्बनमा

  • साउन १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ होटलमा कोरोनाविरुद्धको खोप भेटिएको प्रकरणमा जिल्ला प्रशासन कार्यालयले झापाले छानबिन थालेको छ । बिर्तामोड नगरपालिकाले प्रकरणमा दोषी देखिनेलाई कार्वाही गर्ने प्रतिबद्धता जनाएको छ ।

शनिबार बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले विज्ञप्ति प्रकासित गरी घटनामा संलग्न भएकालाई कार्वाही गर्ने प्रतिबद्धता जनाएका हुन ।
‘छानबिनका क्रममा कुनै पनि प्रकारको कैफियत भेटिएमा यस नगरपालिकाले दोषी उपर आवश्यक कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

हिजो शुक्रबार अपरान्ह ४ बजे स्वास्थ्य कार्यालयबाट बिर्तामोडका लागि पठाएको कोरोनाविरुद्धको १०३ भाईल भेरोसेल खोप बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओमबहादुर खड्कासहित होटल टाइमलेसमा फेला परेको थियो ।

खोप के कति कारणले होटलमा बुझ्ने बुझाउने कार्य भएको हो सो विषयमा छानबिनका लागि झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको छ ।

७ दिनभित्र समितिले घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउने बताइएको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले सहायक प्रजिअ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । छानबिन नटुङ्गिएसम्मका लागि खड्कालाई पदबाट निलम्बन गरिएको छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved