बीपीको आन्दोलनलाई प्रा.डा गोविन्द केसीले प्रतिष्ठानमै आएर समर्थन जनाए केसीको आगमनले आफूहरुलाई थप ऊर्जा मिलेको आन्दोलनकारीको भनाई

  • असार ३१, २०७८
  • गोविन्द बस्नेत
alt

धरान/  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनलाई समर्थन जनाउन शिक्षा, स्वास्थ्य सुधारमा माग राखी पटक पटक अनसनमा बस्नु भएका प्रा.डा. गोविन्द केसी धरान आएर आन्दोलनकारीरुलाई समर्थन जनाएका छन् ।

एक महिना भन्दा लामो समयदेखि प्रतिष्ठानमा भएको भ्रष्टाचार, व्यथिति, पदाधिकारीहरुले गरेका मनोमालिन्य कामहरुको विरुद्धमा प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स, वेलफेयर सोसाइटी, विद्यार्थी लगायतले संयुक्त आन्दोलन संघर्ष समिति नै गठन गरेर पदाधिकारीको राजीनामासहित १२ बुदे माग राखी आन्दोलनमा उत्रिएका उनीहरुको समर्थनमा केसीले यस अगाडि नै प्रेस विज्ञप्तीमार्फत समर्थन जनाएका थिए । तर बुधबार प्रतिष्ठानमै आएर आन्दोलनकारीहरुको मागमा ऐक्यवद्धना जनाएपछि आन्दोलनकारी अझ उत्साहित बनेका छन् ।

प्रतिष्ठानका चिकित्सक डा विष्णु पोख्रेललाइ अख्तियारको ध्यानाकर्षण हुने गरी प्रतिष्ठानको वेथितिका विषयमा सामाजिक सञ्जालमा लेखेको विषयमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्पष्टीकरण सोधेपछि शुरु भएको आन्दोलन झन झन चर्कदै जादा अहिले चारैजना पदाधिकारीहरुको राजीनामा मुख्य एजेन्डा बनाएर आन्दोलनमा उत्रिएका उनीहरुले प्रा.डा. केसीको आगमनले आन्दोलनलाई थप बल मिलेको बताएका छन् । संयुक्त आन्दोलनका सह संयोजक डा. विष्णु पाख्र्ेलले स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै विगतदेखि नै आन्दोलन गर्दै आउनु भएका प्रा.डा. गोविन्द केसीको प्रतिष्ठान आगमनसंगै गरेको समर्थनले आन्दोलनकारीलाई थप ऊर्जा मिलेको बताए ।

उनले भने–‘प्रतिष्ठान १२ बर्षदेखि नै वेथितिमा चलेको छ । म भर्खरै अध्ययन गर्न आउदादेखि प्रीतिष्ठानको वेथितिको विषयमा आन्दोलन चर्किएको हो, १२ बर्षमा खोला फर्किन्छ भन्थे तर प्रतिष्ठानमा कहिल्यै फर्किएन अहिलेसम्म पनि यहाका पदाधिकारीहरुको भ्रष्टार, वेथिति, उपचार पद्धतिका विषयमा आन्दोलन गर्नुपरेको छ ।’ उनले विगतमा भएका आन्दोलन र अहिलेको आन्दोलन फरक भएको बताए । उनले भने–‘विगतमा यो आन्दोलन बाहिरकाले नेतृत्व गरेका हुन्थे, यसपटक प्रतिष्ठानको वेथितिको विरुद्धमा प्रतिष्ठानभित्रैबाट आन्दोलन शुरु भएकोले यहाको वेथिति नहटुन्जेल आन्दोलन जारी रहने बतााए । उनले बुधबारबाट प्रतिष्ठानभित्र आन्दोलनरत कर्मचारी, चिकित्सकलगायत ९३ जनाले आन्दोलनको समर्थन गर्दै हस्ताक्षर गरेको बताए ।


उनले पदाधिकारीहरु कहिल्यै नसुध्रिने कुरा असार १५ गते आन्दोलनरत पक्ष र प्रतिष्ठान पदाधिकारीबीच वार्ता वस्न तयार हुदा उपकुलपति डा. गिरीले मादक पदार्थ सेवन गरेर वार्तामा सामेल हुनु र अन्य पदाधिकारी मौन बस्नुले पनि प्रष्ट पारेका बताउदै अब प्रतिष्ठानका पदाधिकारीसंग नभई सिधै प्रधानमन्त्रीले गठन गरेको उच्चस्तरीय वार्ता टोलीसंगमात्र गर्ने बताए । उनले भने–‘ उनीहरुले नैतिकता नै गुमाएका पदाधिकारीहरुसँग कुनै वार्ता हुदैन चारै जना पदाधिकारीको राजीनामा दिएर मार्ग प्रसस्तथ पार्नुपर्छ ।’

यता आन्दोलनको नेतृत्व गर्दै आएका संयुक्त आन्दोलनका संयोजक डा. एसपी रिमालले प्रतिष्ठानको सुद्धिकरणको आन्दोलनमा चारजना पदाधिकारीले राजीनामा नदिएसम्म सुद्धिकरण नहुने र उहाहरुले राजीनामा नगरे आन्दोलन नरोकिने चेतावनी दिए । उनले भने–‘ प्रतिष्ठान सुधारका १२ बुदे मागमा चारजना पदाधिकारीको राजीनामा हाम्रो मुख्य एजेन्डा हो, यसमा सहमति हुन सक्दैन ।’ उनले यो आन्दोलनमा चिकित्सा क्षेत्रको सुधारमा पटक पटक अनसन बस्दै आएका प्रा.डा. गोविन्द केसीको समर्थनले आन्दोलनकारीलाई थप ऊजर्ला मिलेको बताए।

यता आन्दोलनमा ऐक्यबद्धता जनाउनु भएका प्रा.डा गोविन्द केसीले विगतमा स्वास्थ्य सुधारको माग राख्दै आन्दोलनमा उत्रिएको र अब पनि यो आन्दोलनमा नितन्तर लागि पर्ने बताए । उनले भने– ‘ सरकारले लिएको एक प्रदेश एक विश्वविद्यालको नीति सरकारकै कारण हुन नसकेको हो, स्वास्थ्य क्षेत्रमा जहा पनि वेथिति, भ्रष्टाचार छ, अब हामी सबै मिलेर यसलाई तोड्नुपर्छ ।’ उनले स्वास्थ्य क्षेत्रमा पदाधिकारी चयन गर्दा राजनीतिक भागबण्डा, रकमको चलखेल लगायतका कुराले योग्य व्यक्ति नियुक्ति हुन नसक्दा समस्या हुन गरेको बताउदै विगतमा पनि योग्य, कार्य क्षमताको आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्नै माग आफूले अघि सारेको बताए ।

उनले भने–‘गरिबका छोराछोरीले चिकित्सा क्षेत्रमा सहज रुपमा पढ्न पाउनुपर्छ, दुर्गम क्षेत्रका सर्वसाधारणले पनि सहज रुपमा उपचार पाउनुपर्छ भन्ने माग उठाएपछि सरकारी स्तरबाट एक समिति गठन गरेको बताउनुभयो । तर त्यो अहिलेको सरकारले कार्यान्वयन गर्न दिएको छैन, त्यो कानुन मन्त्रालयमै थन्मिएको छ, यसलाई कानून बनाएर लान सरकारलाई निरन्तर हामी दबाब दिन्छौं ।

उनले भने स्वास्थ्य क्षेत्रमा पदाधिकारी चयन गर्दा राजनीतिक पहुच भएका, राजनीतिक दलको भागबण्डाका आधारमा गर्दा योग्य व्यक्ति कहिल्यै अगाडि नआउदा स्वास्थ्य क्षेत्रमा दिनप्रतिदिन वेथिति बढ्दै गएको बताए । उनले भने–‘प्रतिष्ठानमा पनि यही छ, तपाईहरुको आन्दोलनलाई ऐक्यबद्धता जनाउछु, मेरो तर्फबाट जे जस्तो सहयोग हुन्छ म गर्छु ।’

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved