सरकारलाई कांग्रेसको प्रश्न : बन्द भएको कोसी कोभिड अस्पताललाई किन खुला छ भनिदैछ ?

  • असार २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेपाली कांग्रेसले प्रदेश नम्बर १ सरकारले बन्द भएको कोभिड अस्पताल चलिरहेको भन्ने झुटो अभिव्यक्ति दिएर जनता र सांसदलाई गुमराहमा राख्ने काम गरेको भन्दै आपत्ती जनाएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विहीबारको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सरकारले दश दिनमा तयार गरेको भनिएको कोसी कोभिड अस्पताल बन्द रहेको बताए ।

उनले भने,“तर सरकारका मन्त्रीहरु अहिले पनि कोसी अस्पताल संचालनमा रहेको छ भन्दै झुट प्रचार गरिरहनु भएको छ । बन्द भएको अस्पताललाई खुला छ भनेर झुट बोल्ने ? के त्यो अस्पताल खुला छ ?” हाल कोसी कोभिड अस्पताल परिसरमा विराटनगर महानगरपालिका, उद्योगी व्यवसायी र नागरिकको सहयोगमा निर्माण भएको नागरिक केयर सेन्टर मात्र संचालनमा रहेको सदन समक्ष जानकारी गराए । उनले सदनमा झुटो बोल्न नदियोस भन्दै सभामुखको ध्यानाकर्षण गरे ।

कार्कीले कोसी कोभिड अस्पताल संचालन नभएको बरु लामो समयदेखि बन्द रहेको बताए । कार्कीले मुख्यमन्त्री शेरधन राईको सम्पर्क कार्यालयको नाममा करोडौं रकम खर्च भईरहेको बताउँदै भने,“प्रदेश सरकारको पैसा काठमाडौमा कार्यालय खोलेर खर्च गर्न पाइँदैन ।

संघीय सरकारले अपार्टमेन्ट दिएको भनिएको छ किन चाहियो सम्पर्क कार्यालय ?” कार्कीले कोसी टप्पु बन्यजन्तु आरक्षको सप्तकोसी उकासको जमिन लिजमा दिने निर्णय गर्नु जनताको पक्षमा नरहेको बताए । निलहरि काफ्लेको नाममा दिइएको लिज मान्य नहुने कार्कीले जिकिर गरे ।

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved