१७ सय ४० संक्रमणमुक्त, ३ सय ७१ संक्रमित थपिए

  • असार ४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ मा शुक्रबार १ हजार ७ सय ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७सय ७७ महिला र ९सय ६३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ६सय ८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ११३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा शुक्रबार ३सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५२, सुनसरीमा १०२, झापामा ७२, इलाममा ७, पाँचथर, ते¥हथुम र भोजपुरमा ५–५, संखुवासभामा ४, धनकुटामा २, ताप्लेजुङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७८, बेलबारीमा २७, पथरीशनिश्चरेमा ११, सुन्दरहरैचा र उर्लाबारीमा ७–७, बुढीगंगामा ५, सुनबर्षी र कटहरीमा ४–४, केराबरी र रतुवामाईमा २–२, ग्रामथान, जहदा, लेटाङ, मिक्लाजुङ र रंगेलीमा १–१, सुनसरीको धरानमा २९, इटहरीमा २८, बराहक्षेत्रमा २२, दुहवी र रामधुनीमा ६–६, गढीमा ४, इनरुवामा ३, बर्जुमा २, हरिनगर र भोक्राहामा १–१, झापाको विर्तामोड र मेचीनगरमा १६–१६, भद्रपुरमा १४, कनकाईमा ९, दमकमा ७, गौरादहमा ५, अर्जुनधारामा ३, हल्दिबारी र बुद्धशान्तिमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरी इलामको इलाम नगरपालिका र सुर्योदयमा २–२, माई, चुलाचुली र रोङमा १–१, पाँचथरको हिलिहाङमा १ र स्थानीय तह नखुलेका ४, ते¥हथुमको म्याङलुङमा ३ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर नगरपालिकामा ३ र अरुणमा २, संखुवासभाको सभापोखरी र चैनपुरमा २–२, धनकुटाको छथर र चौविसेमा १–१, ताप्लेजुङको फुङलिङ र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६७ हजार ५९९ पुगेको छ । सक्रिय संक्रमितका संख्या १२ हजार ४०२ रहेको छ । प्रदेश १ मा आज १ हजार १७१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १७६ महिला र १९५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर– ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved