प्रदेश १ मा दैनिक ५ सयभन्दा कम संक्रमित, विराटनगरमा पचास माथि

  • असार ३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ मा दैनिक कोरोना संक्रमणको संख्या चार सयभन्दा कम हुन थालेको छ । संक्रमित थपिने भन्दा संक्रमणमुक्त हुनेको संख्या पछिल्लो दुई सातायता बढ्न थालेको हो ।

बुधबार १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएकामा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र ५६३ जना संक्रमणमुक्त भएका हुन । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७५ पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ हजार ८३५ पुगेको छ । संक्रिय संक्रमितको संख्या १४ हजार ६९३ रहेको छ । बुधबार परीक्षण गरिएकामध्ये मध्ये १८८ महिला र २०६ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मंगलबार प्रदेश १ मा ५५७ जना संक्रमणमुक्त भए । जसमा २३२ महिला र ३२५ पुरुष थिए । जवकी त्यो दिन ३८५ जना कोरोना संक्रमित थपिए । सोमबार प्रदेश १ मा ३७९ जना कोरोना संक्रमित थपिएका थिए । यसैगरी आइतबार १ हजार ३१० जना संक्रमणमुक्त भए । जसमा ५२४ महिला र ७८६ पुरुष थिए । आइतबार ४८६ जना कोरोना संक्रमित थपिएका थिए ।

प्रदेश १ को सबैभन्दा बढी संक्रमित भएको जिल्ला मोरङ हो । त्यसमा पनि राजधानी विराटनगर अधिक प्रभावित छ । विराटनगरमा पनि संक्रमितको संख्या घट्दो क्रममा पुगेको छ । आइतबार विराटनगरमा ११७, सोमबार ५६,मंगलबार ५८ जना र बुधवार विराटनगरमा ६३ जनामात्र नयाँ संक्रमित थपिए छन् । सक्रिय संक्रमितको संख्या साढे सात हजारभन्दा धेरै छ ।

कोसी अस्पतालका मेसु चुमनलाल दास दुई सातायता कोरोना संक्रमितको संख्या तुलनात्मक रुपमा कमी आएको बताउँदै भन्छन्,“तर, जोखिम घटिसकेको छैन । संक्रमण पुरै भागेको होइन स्वास्थ्य सावधानी भने अपनाउनै पर्छ ।” उनले समाजमा खोपको माध्यमबाट ठूलो मात्रामा हर्ड इम्युनिटी सिजर्ना नगरुन्जेल संक्रमणको उच्च जोखिम रहने बताए ।

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर– ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved