इटहरी आइसोलेसनलाई ३ महिना निशुल्क दुधजन्य पदार्थ सहयोग

  • जेठ ११, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । दुग्ध क्षेत्रमा नेपालमा नै अग्रणि स्थानमा रहेको इटहरी २० स्थित कामधेनु दुग्ध बिकास सहकारी संस्था लि ले इटहरीको आइसोलेसनलाइ ३ महिनाका लागि दुध तथा दुग्धजन्य पदार्थ निशुल्क प्रदान गर्ने भएको छ ।

इटहरीमा उद्योग बाणिज्य संघको नेतृत्वमा मारवाडि सेवा समिती इटहरी, श्री कृष्ण प्रणामि मन्दिर, नेपाल प्रेस युनियन सुनसरी, नेपाल युवा उद्यम मन्चको सहकार्यमा सन्चालन हुन लागेको आइसोलेसनका लागि कामधेनुले दुध तथा दुग्धजन्य पदार्थ निशुल्क दिने भएको हो ।

सोमबार संस्थाका निमित्त ब्यावस्था निर्देशक पर्शुराम कार्की (मनोज) सहितको टोलिले कोभिड ब्यावस्थापन समितीका सदस्य एबम प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी सहितका पदाधिकारी सङ प्रतिबद्धता पत्र सहित सम्झौता गरेका थिए । कामधेनुका नि. ब्यावस्था निर्देशक कार्किले सामाजिक उत्तरदायित्व अन्तर्गत आइसोलेसनलाई सहयोग गर्न पाउँदा आफुहरु अत्यन्तै खुसी रहेको जनाएका छन ।

यसै गरि इटहरीमा रहेको तमोर डेरि उद्योगले पनि आइसोलेसनलाइ पहिलो एक महिनाका लागि दूध तथा दुग्धजन्य पदार्थ निशुल्क प्रदान गर्ने भएको छ । आइसोलेसन सन्चालन तथा मुल ब्यावस्थापन समिती सम्योजक भिम पौडेल सङ उक्त डेरि उद्योगका अध्यक्ष प्रदिप अधिकारिले सम्झौता गरि प्रतिबद्धता जनाएका थिए ।

४० बेड अक्सिजन सहित पहिलो चरणमा जम्मा ८० बेडमा सन्चालन हुने तयारिमा रहेको आइसोलेसन निर्माणका सम्पुर्ण तयारी सकिएको र सुरक्षा प्रबन्ध समेत मिलाइ सकिएको मुल समिति सम्योजक पौडेलले बताए ।

निशुल्क बस्ने, खाने देखि लिएर आइसोलेसनमा खेलकुदका सामग्रीहरु, फ्री ईन्टरनेट सेवा सहित योगा गर्ने सम्मको प्रबन्ध मिलाउन लागेको मारवाडि सेवा समिति इटहरीका अध्यक्ष एबम मुल ब्यावस्थापन समितीका सदस्य मुकेश अग्रवालले बताए ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved