वीपीको कोभिड अस्पतालमा उपचार सेवा गुणस्तरीय बनाउन राजनैतिक दलहरुको दबाब

  • जेठ १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपालकै लेवल थ्रि कोरोना अस्पताल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रिएपछि धरानका राजनीतिक दलहरुले चाडो निर्माण गरी सञ्चालनमा ल्याउन दबाब दिएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले (माधव पक्ष), नेकपा माओवादी, जनता समाजवादी पार्टी, संघीय लिम्बुवान राज्य परिषद, राष्ट्रिय जनमुक्ति पार्टी लगायतका दलहरुले सोमबार प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा धर्ना दिदै संक्रमणकालीन अवस्थामा बीपीको अक्सिजन प्लान्ट मर्मतमा ध्यान नदिएको भन्दै मर्मत गरेर सञ्चालन गर्न दबाब दिएका छन् ।

कोभिड अस्पतालमा कोरोना संक्रमितहरुमा उपचारमा जोखिम हुने सम्भावना बढेर जाँदा समेत अक्सिजन प्लान्ट मर्मतमा ध्यान नदिएको, कोभिड अस्पतालको सेवाको विषयमा त्यहा उपचारार्थ विरामीका आफन्तले राम्रो उपचार नभएको गुनासो गरिरहेको बेला अस्पतालको सेवा गुणस्तरीय र प्रभावकारी बनाउनुपर्ने माग गरेका छन् ।

नेकपा माओवादी केन्द्रका धरान इन्चार्ज चोत्लुङले लेवल थ्रि कोरोना अस्पतालको उपचारमा लापार्बाही हुनु राम्रो नभएको बताए । उनले भने, ‘बीपीमा अक्सिजन अभावका कारण विरामीहरुले ज्यान गुमाइरहेका छन्, अक्सिन प्लान्ट बिग्रिएर थन्किएको छ, यस्तो अवस्थामा पनि प्रतिष्ठान कमिशनको खेलमा लाग्नु राम्रो होइन ।’

यस्तै नेकपा एमालेका अध्यक्ष नारायण सुवेदीले विरामीले अक्सिजन नपाएर ज्यान गुमाइरहदा प्रतिष्ठनका जिम्मेबार व्यक्ति गम्भीर नभएको आरोप लगाए । उनले भने, ‘अक्सिजनको अभावमा विरामी मरिरहेका छन् उउपकुलपति भने मुकदर्शक भएर बसेका छन् ।’

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved