विराटनगरका अस्पतालमा थप नौ संक्रमितको मृत्यु

  • वैशाख २८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिकात्मक तस्वीर

विराटनगर । कोरोनाको तीव्र संक्रमण फैलिएको प्रदेश १ को राजधानी विराटनगरमा मंगलबार नौ जना संक्रमितको मृत्यु भएको छ ।

विराटनगरसहित प्रदेश बाहिरका संक्रमितको समेत उपचारको क्रममा मृत्यु हुन पुगेको हो । तीन जना विराटनगर, दुई जना धनुषा, दुई जना उदयपुर, एक जना झापा र एक जना तनहुँका संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा तीन, विराट शिक्षण अस्पतालमा एक र विराटनगर अस्पतालमा एक जनाको मृत्यु भएको हो । विराटमा विराटनगर–६ की ७० वर्षीया महिलाको मृत्यु भएको छ । यसैगरीविराट नर्सिङ होममा धनुषाको विदेह–५ का ५५ वर्षीय पुरुष बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

नोबेल शिक्षण अस्पतालमा विराटनगर–१६ का ५२ वर्षीय पुरुष, धनुषाको जनकपुर–४ का अर्का ५२ वर्षीय पुरुष र उदयपुरको त्रियुगा नगरपालिका–८ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

कोसी कोभिड १९ अस्पतालमा उदयपुरको त्रियुगा–५ का ५० वर्षीय पुरुष,झापो दमक नगरपालिका–८ की ५६ वर्षीया महिला, विराटनगर–१० का ६८ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिएका छन । तनहुँका ६० वर्षीय वृद्ध पुरुषको पनि कोसीमै मृत्यु भएको बताइएको छ ।

उनलाई वैशाख २६ गते अस्पताल भर्ना गरिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मङ्गलबार बिहान धरान उपमहानगरपालिका–३ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved