कोरोनाको त्रास : व्यवसायी झनै त्रसित

  • चैत्र १२, २०७७
  • गोबिन्द बस्नेत
alt फाईल फोटो

धरान / कोरोना संक्रमणको असर एक बर्षपछि विस्तारै सहज बन्दै गएको जनजीवन फेरि त्रसित बन्न थालेको छ । छिमेकी मुलुकमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि देशमा पनि आम नागरिकमा त्रास उत्पान्न हुन थालेको छ ।

सरकारले सुरक्षा मापदण्ड अपनाउन आग्रह गरे सँगै आम नागरिक सहित आर्थिक गतिविधिमा संलग्न रहेका व्यवसायीहरु आफ्नो व्यवसाय धरासायी बन्ने हो कि भन्ने चिन्तामा छन् । सरकारले भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न आग्रह गर्दै कोरोनाको जोखिम कम गर्न विदेशबाट भित्रिने व्यक्तिहरुका लागि सातै प्रदेशमा हेल्पडेस्क सञ्चालनमा ल्याएपछि अब फेरि सरकारले लकडाउन गर्ने हो कि भन्ने शंका व्यवसायीहरुमा परेको छ । उनीहरुले आन्तरिक लकडाउन भन्दा पनि विदेशबाट नेपाल भित्रिने बोर्डर चेकपोष्टमा कडाई गर्नुपर्ने बताएका छन् ।

बुधबार धरानसहित प्रदेश नं. १ मा नया १३ जनामा नयाँ संक्रमित ‘भेरेएन्ट्स’ भेटिएपछि अहिले व्यापार व्यवसायमा संलग्नहरु त्रसित बनेका हुन् । विगतमा कोरोनाकै कारण अरबौ घाटा व्यहोर्नु परेका व्यवसायीहरु कोरोना संक्रमित बढ्दै जादा लकडाउन हुने हो कि भन्ने त्रासमा
रहेका हुन ।

व्यवसायीहरुको छाता संगठन सुनसरी उद्योग वाणिज्य सघका अध्यक्ष गिरीधारी सापकोटाले पहिलाको कोरोनाबाट भर्खर भर्खर उठ्न लागेको व्यवसायलाई सरकारले फेरि लकडाउन गरेमा व्यवसायीहरुको अवस्था अत्यन्तै दयनीय हुने बताए । उनले एक बर्षको लकडाउनले व्यवसाय नाजुक भएर धेरै व्यवसायी विस्थापित भएको अवस्थामा पुनः सरकारले लकडाउन गरेको अवस्थामा व्यवसाय अझै धेरै पलायन हुने अवस्थामा आउने बताए । उनले भने, ‘विगतको विषम परिस्थितिबाट भर्खर भर्खर व्यवसायी तंग्रिन खोज्दैछन्, पुनः लकडाउन भएमा व्यवसायीको लागि यो भन्दा ठूलो दुर्भाग्य केही हुँदैन ।’

उनले विगतको लकडाउनमा सुनसरीमा व्यवसायीहरुले अरबौको घाटा व्यहोर्नु परेको बताए । उनले भने, ‘घाटाको कुरा गर्ने हो भने लेखाजोखा गर्नै सकिदैन ।’ आन्तरिक लकडाउनलाई भन्दा पनि सरकारले भारतका बोर्डरहरु पूर्ण रुपमा शिल गरेर अहिलेदेखि नै सावधानी अपनाउनुपर्ने उनको भनाई छ । उनले भने, ‘विगतमा पनि सरकारले सावधानी नपनाएकै कारण कोरोनाको जोखिम धेरै बढेको थियो, अब त्यो हुन नदिन सरकार गम्भीर हुनुपर्छ ।’

उनले विगतको जस्तो लकडाउन भयो भने ५० प्रतिशत भन्दा बढी व्यवसायी विस्थापित हुने सम्भावना रहेको बताए ।सुनसरी र धनकुटाको संगम स्थलको रुपमा रहेको धनकुटाको भेडेटार कोरोनाको समयमा सबैभन्दा धरासायी बनेको थियो । तर अहिले विस्तारै तंग्रिन थालेको अवस्थामा नयाँ कोरोना भाइरस संक्रमितहरु भेटिन थालेपछि पर्यटन तथा होटल व्यवसाय विगतको जस्तो हुने हो कि भन्नेमा सशंकित बनेका छन् । होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले अब फेरि विगतको जस्तै लकडाउन भएमा यसले होटल व्यवसाय धरासायी बन्ने बताए । उनले विगतमा बैंकको ऋणबाट सञ्चालन भएका होटल व्यवसायहरुले बल्लतल्ल धानेका भए पनि अब पुनः लकडाउन भएको अवस्थामा धेरै व्यवसायी विस्थापित हुने बताए ।

उनले भेडेटारमा सञ्चालन भएका होटलहरुले त्यसबेला करोडौ रुपैया घाटा व्यहोर्नु परेको बताए । उनले भने, ‘भारत लगायत अन्य मुलुकबाट आउने बाह्य पर्यटक लकडाउनपछि नआए पनि कोरोनाको सहज हुँदै जाँदा आन्तरिक पर्यटक भेडेटारमा आउन थालेका थिए, तर पुनः विगत कै अवस्थामा लकडाउन भए बल्ल तल्ल धानेको व्यवसाय धान्न सक्ने अवस्था हुदैन ।’ उनले विगतमा राज्यको सहयोग न्यून रहँदा पनि व्यवसायीले आफ्नो व्यवसाय जसोतसो धानेको बताए । अब फेरि त्यो अवस्था आउन नदिन सरकार गम्भीर हुनुपर्ने बताए । उनले भने, ‘विगतको लकडाउनमा बैंकको ऋण लिएर होटल सञ्चालन गर्नेहरुले घर भाडादेखि लिएर अन्य कुरामा समस्या भएको छ, अब फेरि त्यो दिन आउन नदिन सरकार गम्भीर हुनुपर्छ ।’ उनले गतबर्ष सरकारले भ्रमणबर्ष घोषणा गरेको र भेडेटारको पिक सिजन पनि आउन लागेको समयमा लकडाउन भएको बताउदै यस बर्ष पनि यही सिजनमा कोरोना संक्रमित बढ्न थालेपछि अहिले व्यवसायीहरु चिन्तित बनेको बताए ।

व्यवसायीहरुले देशको आर्थिक विकासमा निजी क्षेत्रले ठूलो भूमिका खेल्ने भएपनि विगतमा सरकारको सहयोग शून्य रहेको गुनासो पोखे । अब पुनः त्यस्तो अवस्था आएमा सरकारले व्यवसायीहरुको ऋण मिना, घरभाडामा छुट लगायतका सहुलियत प्रदान गर्नुपर्ने सुझाव समेत सरकारलाई दिएका छन् ।

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved