२१ औं गोधुली रनिङकप : धरान १४ले रच्यो इतिहास

  • चैत ७, २०७७
  • "आशिष राई(प्रशिक्षार्थी )"
alt

धरान । २१ औं गोधुली रनिङ कपको उपाधि धरान १४ ले हात पारेको छ । शनिबार धरान १६ स्थित धरान रंगशालामा भएको फाइनल खेलमा धरान १६ लाई हराउँदै १४ ले उपाधि हात पारेको हो ।

फाइनल खेलको निर्धारित समय २–२ गोलको बराबरीमा टुङिगए पछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टिमबाट थप गोल हुन नसके पछि खेल पेनल्टी सुटआउटमा पुगेको थियो । पेनेल्टी सुटआउटमा धरान १४ ले ३ का विरुद्ध ४ गोलको अन्तरले धरान १६ लाई हराएको थियो । धरान १४ ले विजेताको उपाधि सहित १ लाख रुपैया नगद पुरस्कार र ट्रफि हात पारेको छ । उपविजेता बनेको धरान १६ ले नगद पुरस्कार ५० हजार सहित ट्रफिमा चित्त बुझाएको छ ।

फागुन २२ गते देखि शुरु भएको गोधुली रनिङ कपमा धरानका १९ वटा वडाले सहभागिता जनाएका थिए । शनिबार भएको खेलको म्यान अफ द म्याच धरान १४ का नायल श्रेष्ठ घोषित भए । त्यसै गरि प्रतियोगिताको वेष्ट प्लेयर धरान १४ का विवेक राई घोषित भए । उनले ११ हजार नगद पुरस्कार सहित मेडल प्राप्त गरे । त्यस्तै हाइस्कोरर धरान ८ का प्रजिन राई, वेष्ट किपर धरान १४ का राजिव खड्का घोषित भए । उनीहरुले जनही ७ हजार ३ सय नगद पुरस्कार सहित मेडल हात पारे ।

धरानकी इचिङ्ग्सा लिम ...

झापा/ राष्ट्रिय स्तरको नृत्य रियालिटी शो ‘मे ...

वराहक्षेत्रमा स्थानी ...

वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकाले स्थानीय पा ...

धरानको श्रम संस्कृति ...

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईक ...

वराहक्षेत्र मन्दिर प ...

वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका& ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved