‘राष्ट्रिय महिला लिग’ प्रतियोगितामा भाग लिने विराटनगर महिला फुटबल टोलीको बिदाइ

  • माघ ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ काठमाडौंमा आयोजना हुन लागेको ‘राष्ट्रिय महिला लिग’ फुटबल प्रतियोगिताका लागि विराटनगरको टोलीलाई बिदाइ गरिएको छ ।

गत वर्षको विजेता टोली विराटनगर महानगरपालिकाका खेलाडीलाई सोमबार महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिदाइ गरे । ‘महानगरपालिकाले दक्ष र व्यवसायी खेलाडी बनाउन विशेष योजना बनाएको छ,’ खेलाडीलाई बिदाइ गर्दै प्रमुख पराजुलीले भने, ‘गत वर्षको जस्तै खेलाडीले मेहनत गरे यस पटक पनि जित निकाल्न सक्ने छन् ।

तपाईंहरूले मैदानमा जुन परिश्रम र लगाव गरिरहनु भएको त्यसले पक्कै पनि सफलता दिलाउनेमा विश्वास्त छौं ।’
‘यस पटक पनि लिग विजेता भए महानगरपालिकाले खेलाडी नगदसहित विशेष सम्मान गर्ने योजना बनाएका छौं,’ प्रमुख पराजुलीले भने, ‘खेल र खेलाडीको विकासका लागि महानगर सधैं तत्पर रहेको छ ।’

प्रतियोगितामा भाग लिन विराटनगर महानगरका तर्फबाट २५ खेलाडी रहेका छन् । ४ जना भारतीय खेलाडीसहित मैदान उत्रन लागेको हो । टोलीकी कप्तान कल्पना कार्कीले भनिन्, ‘जित हासिल गर्न हामी तयार छौं । यस पटक पनि हामी जित्ने कुरामा विश्वस्त छौं ।’

माघ ७ गतेदेखि सुरु हुने प्रतियोगितामा ३ विभागीय टोलीसहित ७ वटा टिमको सहभागिता रहेको छ । नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, त्रिभुवन क्लब, विराटनगर महानगरपालिका, उदयपुरको चौदण्डीगढी नगरपालिका, स्याङजाको वालिङ नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाको सहभागिता रहेको छ ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved