कोशी मा बि मा बन्ने भयो ४ कोठे पक्की भवन गुणस्तरीय र प्रबिधि मैत्री शिक्षामा जोड दिन्छौ : अध्यक्ष बस्नेत

  • पुष २०, २०७७
  • सुमन सागर
alt

बेलका/ बेलका नगरपालिका वडा नं ३ मा रहेको कोशी जनता माध्यमिक बिधालयले बेलका नगरपालिकाको सहयोगमा बन्ने दुई तले ४ कोठे भवनको औपचारिक कार्यक्रमका बिच सोमबार सिलन्यास गरेको छ।

शसर्त अनुदान तर्फको ३६ लाख र बिधालयको ७ लाख गरि ४२ लाखम चार कोठे पक्की भवनको सिलन्यास गरिएको हो।

भौगोलिक हिसाबले टाढा र अति बिपन्न परिवारका ४५ जना छात्राहरुलाई बिधालय आउन जान सहज होस भन्ने उदेश्यले साइकल र UNFPAको सहयोगमा झोला बितरण साथै कक्षा ११ मा भर्ना भएकालाई स्वागत र १२ कक्षाको परीक्षा दिइएका बिद्यार्थी लाई बिदाई कार्यक्रम समेत बिधालयले सम्पन्न गरेको छ।

बिधालयलाई आजको स्थान सम्म ल्याउन योगदान गर्नुहुने बिधालय ब्याबस्थापन समितिका पुर्व अध्यक्षहरु र लामो समय सम्म शिक्षण गरेका शिक्षकलाई सम्मान समेत गरिएको छ।

सम्मान हुनु हुने पुर्व अध्यक्षहरु पुष्प सुवेदी, बुद्द भुजेल , सुशील सेढाई, भिम प्रसाद सेढाई र चक्र बहादुर कट्वाललाई रहेका छन।

सम्मान हुने शिक्षकहरुमा गिरिलाल परियार ,राम सेवक यादब, वृद्धि लाल चौधरी ,ज्ञानेन्द्र खड्का रहेका छन।
बिधालयलाई माया गरेर भौतिक सामाग्री कुर्सी र पानी ट्याङ्की ( हिलटेक ) प्रदान गर्नु हुने समाजसेवी तिर्थ गहतराजलाई समेत सम्मान गरिएको छ।

औपचारिक कार्यक्रमका सभा अध्यक्ष साथै बिधालय ब्याबस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले बिधालयमा बिद्यार्थीको ब्याब्स्थापन गर्न असहज परिस्तिथी भएकाले बेलका नगरपालिकाको सहयोगमा भवन बनाउन लागि परेको बताए। बस्नेतले ू भैतिक संरचना साथै बिधालयको शैक्षिक गुणस्तर विकास गर्न बिधालयलाई ४ तहमा कार्य बिभाजन गरि शिक्षक प्रतिनिधि खटाइएको छ, हामी गुणस्तरीय शिक्षा प्रदान गर्न प्रबिधी मैत्री शिक्षाको बिकास गर्न लागि परेका छौ , चमेना गृह ,साइकल स्टेसन, पुस्तकालय, शैक्षिक सामाग्री उपलब्ध गराउन सरोकारवाला संग छलफल, सहकार्य अगाडि बढाएको बताएका छन।

पुर्व बिद्यार्थी समाज स्थापना गरि बिधालयलाई भौतिक र शौक्षिक प्रगतिमा लैजान सहकार्य गर्ने बताए । बस्नेतले बिज्ञान प्रयोगशाला , गरिब असहायको लागि अक्षयकोष स्थापनागरि नगरपालिकाकै नमुना बिधालयको लागि संगो बिधालय टिम लागि पर्ने बताएका छन।

औपचारिक कार्यक्रमका प्रमुख अतिथी बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले आजको बर्तमान युगमा समाज, देशको बिकास र सम्मुनत बनाउन आजै बाट शिक्षामा लगानी गर्नु पर्ने बताएका छन। बिद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न अभिभावक , शिक्षक र बिधार्थि स्वयम् को भुमिका महत्त्वपूर्ण हुने भएकाले शैक्षिक गतिविधिमा सबै तहका ब्याक्ती समाज लागि पर्नु पर्ने नगर प्रमुख थापाले बताएका छन। शैक्षिक गतिविधिमा बेलका नगरपालिकाले उल्लेखनीय काम गरेको छ, भैतिक संरचना निर्माण देखि विभिन्न माध्यम बाट सिकाइका अभ्यास , तालिम लगायतका कार्यक्रम नगरपालिकाले गरेको र थप शैक्षिक गुणस्तर वृद्धि गर्न लागि पर्ने मेयर थापाले बताए।

नगर उप प्रमुख राज कुमारी चौधरीले बिधालयमा नैतिक शिक्षाको आवस्यकता रहेको बताएकी छिन। बिधालयलाई ब्यबस्थित बनाउन बिद्यार्थीको सहताको लागि झोला , छात्राहरुको लागि स्यानेटरी प्याड,अति बिपन्नलाई पोसाक , खाजा लगायतका कार्यक्रम सन्चालन भै रहेको उप प्रमुख चौधरीले बताइन।

कार्यक्रममा वडा नं ९ का वडा अध्यक्ष मोहन प्रसाद घिमिरे, शिक्षा शाखा प्रमुख सुनिल निरौला , जनता नमुना मा बि का ब्याबस्थापन समितिका अध्यक्ष मनोज तामाङ लगायतका अतिथिले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमको संचालन शिक्षक दमन कट्वालले गरेका थिए।

उखु किसानहरू पुनः आन ...

धरान उखु किसान सङ्घर्ष समितिले पुनः आन्दोलनको घोषणा गरे ...

ओझेलमा रहेको कुहिभिर ...

इलाम/  इलाममा धेरै पर्यटकीय गनतव्य रहेका छन । कतिप ...

प्रदेशमा सरकारी कामक ...

धरान÷ भाषा आयोगले सरकारी कामकाजको भाषा पहिचान गर ...

बेहोस अवस्थामा बलात् ...

इलाम/ इलामकी १५ वर्षीया बालिका कक्षा ७ पढ्दापढ्दै ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / सम्पादक: नवराज विष्ट / कार्यकारी सम्पादक: दिनेश गजमेर / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2021 - Koshipatra.com All rights reserved