उर्लाबारीबाट ब्राउन सुगरसहित ९ जना पक्राउ

  • मंसिर ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । मोरङको उर्लाबारीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित ९ जना पक्राउ परेका छन ।

उर्लाबारी नगरपालिका वडा नं. ७ बस्ने छोमाई तामाङको घरमा ब्राउन सुगर र गाँजा विक्री बितरण तथा सेवन गरिरहेको सूचनाका आधारमा ईप्रका उर्लाबारीबाट खटिएको प्रहरी टोलीले छापा हानी उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ पर्नेहरुमा उर्लाबारी न.पा. ७ स्कुलडाँडा बस्ने वर्ष २१ की ममता तामाङ,उर्लाबारी न.पा. ७ बरगाछी बस्ने वर्ष २४ को मिलन याक्सो, उर्लाबारी न.पा. ९ भोटेपुल बस्ने वर्ष २८ को आकास लिम्बू, उर्लाबारी न.पा. ७ बरगाछी टोल बस्ने वर्ष १९ को असिम लिम्बू,झापा दमक न.पा. ७ बजार लाईन बस्ने वर्ष १९ को ससिन सेख, दमक न.पा. ४ सिर्जना टोल बस्ने वर्ष ३० को सुमन सुनुवार,मोरङ रतुवामाई न.पा. ८ ईटहरा बस्ने वर्ष २२ को रुमपमान केदेम (लिम्बू), रतुवामाई न.पा. १० सातमेडी बस्ने वर्ष १९ को एन्जील मगर र मोरङ रतुवामाई न.पा. ९ ईटहरा वर्ष २५ को मन्जील बस्नेत छन ।

उनीहरुको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिएका छन ।

प्रहरीले उनीहरुको साथबाट ब्राउन सुगर ४ ग्राम ७२७ मिलि ग्राम,गाँजा १८४ ग्राम २३० मिलि ग्रामसहित उनीहरुले प्रयोग गर्ने मोटरसाइकल बरामद भएको जनाएको छ ।

सुनसरीमा मकैको ढोडले ...

धरान/ सुनसरीको देवानगंज गाउँपालिका–२ मा मकैक ...

सशस्त्र अपरेशनमा ठू ...

विराटनगर/  मोरङको धनपालथान गाउँपालिका–१ ...

धरानमा पत्नीको छुरा ...

धरान/  सुनसरीको धरान उपमहानगरपालिका–१७ ...

नगरप्रमुख र जनप्रतिन ...

धरान उपमहानगरपालिकामा केही दिनयता चर्किएको ‘भुक्त ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved