‘क्लियर टिभी’का ग्राहकलाई तिहार कोशेली २ सय ९९ मा अक्षय कुमारको ‘लक्ष्मी’ हेर्न सकिने

  • कार्तिक २८, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान स्पेश टाइम नेटवर्क प्रालीले ‘क्लियर टिभी’ मार्फत अक्षय कुमारको चलचित्र ‘लक्ष्मी’को अनलाईन प्रिमियर सो गर्ने भएको छ ।

क्लियर टिभी प्रशारण गर्ने धरानको आधिकारीक कम्पनी धरान स्पेस टाईम नेटवर्क प्रालीले मंसिर १ गते भाईटिका अवसर पारेर अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी’को प्रिमियर सो गर्न लागेको हो ।

‘हामीले हिन्दी चलचित्रका स्थानीय दर्शकलाई घरमै बसीबसी चलचित्र गर्न सहजता होस् भनेर यो सुविधा सुरु गरेका हौ’ धरान स्पेश टाइम नेटवर्क प्रालीका प्रबन्ध निर्देशक विदुरबिक्रम पन्तले भने ‘ कोरोनाको महामारीमा सुरक्षित र सुलभ रुपमा रिलीज भएको चलचित्र घरमा नै हेर्न सक्ने सुविधा हामीले ग्राहकलाई दिन खोजेका हौ ।

उनका अनुसार धरान स्पेट टाईम नेटवर्क प्राली अन्र्तगत क्लियर टिभी जडान गरेका ग्राहकले एचडी च्यानल नम्बर १११ र एसडी च्यान नम्बर ११२ बाट चलचित्र ‘लक्ष्मी’को प्रिमियर सो हेर्न सक्नेछन् ।साथै अबको प्रत्येक बलिउडी चलचित्रको रिलिज हुदा ‘फस्ट डे फस्ट सो’ हेर्न सक्ने सुविधा समेत सुरु गरिएको छ ।

धरान स्पेशले त्यसका लागि इसेवा वा धरान स्पेशको शुल्क भुक्तानी गर्ने नियमित प्रकृयाबाट सो गर्न रकम भुक्तानी गर्न सक्ने ब्यबस्था मिलाएको छ ।

हलमा गएर लाईन बस्ने,रोगको जोखिम बढाउने भन्दा घरमा नै बसेर सास्तो मुल्यमा फिल्म हेर्न सक्ने सुविधा विस्तार भएपछि ग्राहकहरुले यसको पुर्ण प्रयोग गर्ने विश्वास आफुले लिएको धरान स्पेशका प्रबन्ध निर्देशक पन्तले जानकारी दिए । ‘हामीले यो सेवा धरानमा पहिलो पटक ल्याएका छौ,क्लियर टिभीका ग्राहकले यो तिहारमा अक्षय कुमारको नयाँ चलचित्र हाम्रो उपहार स्वरुप पाउने छन्’ उनले भने ।

उनका अनुसार मङसिर १ गते भाईटिकाको दिन पाँच वटा सो हेर्न सकिने छ । क्लियर टिभीले विहान ९ बजे पहिलो सो,१२ बजे दोस्रो सो,तिन बजे तेस्रो सो,६ बजे चौथो सो र ९ बजे पाँचौ सो चलचित्र रिलिज गर्दै छ । क्लियर टिभिको यो सुविधामा ग्राहकहरुका लागि अर्को फाइदापनि जोडिएको छ पन्तले भने हामीले एउटा फिल्म हलमा गएर हेर्दा एक जनाको ३ सय रुपैया तिर्नु पर्ने हुन्छ ।

अर्थात एउटा घरमा पाँच जना फिल्म हेर्न जाँदा १५ रुपैया तिर्नु पर्ने हुन्छ । तर हामीले भ्याट सहित २ सय ९९ रुपैयामा पाँच ओटै सो हेर्न सक्ने सुविधा दिएका छौ । २सय ९९ रुपैया तिरेपछि घरमा एकैपटक सबैले फिल्म हेर्न पाउछन् ।दोर्होयार हेर्न चाहानेले पनि त्यही पैसामा हेर्न सक्ने भए ।

त्यसैले हामी हाम्रो ग्राहकहरुलाई दिपावलीको उपहार स्वरुप यो सुविधा दिदै छौ ।
पन्तका अनुसार क्लियर टिभिका ग्राहकहरुले धरानको धरान स्पेश टाइम,इटहरीको पशुपती केबल,बेलबारीको मोरङ केबल नेटवर्क,इनरुवाको इनरुवा केबल नेटवर्क,गाइघाटको सिद्धी विनायक,मधुमल्लाको अग्नी केबल,लेटाङको इन्द्रेणी डिजीटल,विराटचौकको विराट केबल नेटवर्क,राजविराजको राजविराज स्पेश टाईम नेटवर्क,र विके केबलबाट क्लियर टिभीका ग्राहकले यो प्रिमियर सो हेर्न सक्छन् ।

 

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved