आफ्नो जन्म दिनमा योगेश बाबु काफ्लेले शिक्षा कोष स्थापना गरिदिए

  • कार्तिक १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोशी पत्र दैनिकका निर्देशक तथा कोशी मिडिया ग्रुप प्रालिका निर्देशक योगेशबाबु काफ्लेले आफुले अध्ययन गरेको विद्यालयमा शिक्षा कोषका लागि सहयोग रकम प्रदान गरेका छन् ।

मंगलबार धनकुटाको महालक्ष्मी नगरपालिका ९ स्थित मुर्तिढुङगाको श्री सिंहदेवी माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाको कोष स्थापनाका लागि पहिलो चरणको सहयोग गरेका छन् । काफ्लेले आफ्नो ३१ औं जन्मदिनको अवसरमा स्वर्गीय हजुरबुबा कमलापति काफ्ले र हजुरुआमा पुण्यवता काफ्लेको स्मृतिमा स्थापना गरिदिएको कमलापति पुण्यवता शिक्षा कोष स्थापना गरिदिएर पहिलो चरणको ५० हजार रुपैया सहयोग गरेका हुन् ।

कोषमा पहिलो चरणको ५० हजार रुपैया हस्तान्तरण गरिएको उनले बताए । जन्मदिनमा हुने अनावश्यक खर्चलाई कटौती गरेर आफ्नो हजुरबुबा र हजुरआमाको स्मृतिमा शिक्षा कोष स्थापना गरिदिएको उनको भनाई छ । काफ्ले नेकपा धरान उमहानगर कमिटीका सदस्य समेत हुन् ।उनी विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेका हुन् ।

उनले कुल २ लाख रुपैयाको अक्षय कोष स्थापना गरिदिएका छन् । पहिलो चरणको ५० हजार रुपैया हस्तान्तरण गर्दै प्रत्येक वर्ष ५० हजारका दरले रकम प्रदान गर्ने बताए । काफ्लेका काका शंकर प्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डम्बर बहादुर भण्डारी, विद्यालयका संस्थापक अध्यक्ष अर्जुन भण्डारीलाई संयुक्त रुपमा रकम हस्तान्तरण गरेका छन् । कार्यक्रममा संस्थापक सदस्य भिमानन्द काफ्ले, मातृका प्रसाद काफ्ले, व्यवस्थापन समितीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

कोषका लागि कोशी मिडिया ग्रुप प्रालिका प्रबन्ध निर्देशक प्रेम बास्तोलाले ३० हजार, पंचायत आधारभुत विद्यालय धरान १६ का प्रधानाध्यापक कृष्ण प्रसाद भट्टराईले २५ हजार, र्याडिकल लाईट नेपाल प्रालिका अध्यक्ष तिर्थ कार्कीले १० हजार रुपैया थप सहयोग गरेका छन् । काफ्लेले २ लाख रुपैया दिए पछि कोष २ लाख ६५ हजारको कोष खडा हुने भएको छ ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved