मोरङमा करणी घटनाका संलग्न रुपन्देहीमा पक्राउ

  • कार्तिक १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । जर्बजस्ती करणी गरेको आरोपमा फारार अभियुक्तलाई प्रहरीले मोरङमा पक्राउ गरेको छ । उनलाई रुपन्देहीको तिलोत्तममा नगरपालिकामा लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २०७६ माघ १५ गते अन्दाजी राति ९ बजे मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका वडा न. ०७ बडहरामा एक बािलकलाई बुढीगंगा गा.पा वडा न.०६ वस्ने वर्ष १९ को सन्देश लिम्बू समेतका ५ जना मानिसहरुले समुहिक रुपमा जबरजस्ती करणी गरेका थिए ।

मुद्दाको अनुसन्धानको सिलसिलामा वारदातमा संलग्न रही पक्राउ परेका ४ जना प्रतिवादीहरु मध्येका सन्देश लिम्बु र टंके भन्ने कुमार राईलाई पुर्पक्षको लागि कारागार चलान गरिएको थियो ।

तर, दुई जना नाबालाक रहेको अवस्थामा निजहरुको अभिभावकको जिम्मा लगाउन मोरङ जिल्ला अदालतबाट २०७७ बैसाख ३१ गते आदेश भएको थियो । प्रतिवादी वर्ष १६ को एक किसोर वारदात पश्चात फरार रहेकामा खोजतलासलको क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटी गएको विशेष टोलीले पक्राउ गरेको हो ।

उनलाई रुपन्देही जिल्लाको तिलोतमा नगरपालिका वडा न. १५ दर्खसुवा स्थित कृष्ण परियारको घरमा लुकी बसेको अवस्थामा हिजो पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि जिल्ला अदालत मोरङमा बुझाउने प्रक्रिया रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिएका छन ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved