पछिल्लो २४ घण्टामा धरान र विराटनगरमा दश संक्रमितको मृत्यु

  • कार्तिक ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । पछिल्लो २४ घण्टामा विराटनगर र धरानमा दश जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरमा ७ र धरानमा ३ जनाको मृत्यु भएको हो ।

कोसीसहित विराटनगरका विभिन्न कोभिड अस्पतालहरुमा उपचार गराइरहेका ५ महिला र २ पुरुषको मृत्यु भएको अस्पतालले जनाएका छन ।

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन, विराट नर्सिङ होममा एक, न्युरो अस्पतालमा एक, विराट मेडिकल कलेजमा एक र नोबेल मेडिकल कलेजमा अर्का एकजनाको मृत्यु भएको हो । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवतीको मंगलबार बिहान ५ः३० बजेतिर कोसी कोभिड उपचार केन्द्रमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा कोरोना संक्रमण देखिएपछि आइतबार अस्पताल भर्ना गरिएको थियो । सोही अस्पतालमा विराटनगर–१२ की ६४ वर्षीया वृद्धाको पनि मंगलबार बिहान मृत्यु भएको छ ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले इटहरी उपमहानगरपालिका–५ का ३८ वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको बताए । होम आईसोलेसनमा रहेका उनमा श्वास प्रश्वासमा समस्या भएपछि सोमबार दिउँसो कोसी ल्याइएको थियो ।
न्युरो अस्पतालमा उपचाररत विराटनगर–१० की ६४ वर्षीया वृद्धाको मृत्यु भएको छ । विराटनगर–७ की ९६ वर्षीया वृद्धा महिलाको नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिका–३ का ८५ वर्षीय वृद्ध पुरुषको उपचारका विराट नर्सिङ होममा मृत्यु भएको छ । विराट शिक्षण अस्पतालको आइसोलेसनमा झापाको बिर्तामोड–४ की ७६ वर्षीया संक्रमित वृद्ध महिलाको मंगलबार निधन भएको छ ।

यता, विराटनगरको कोसी अस्पतालमा सोमबार राति रतुवामाई नगरपालिका–४ का ४० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको भने पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ ।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–३ का ७२ वर्षीय, धरान–१७ का ६८ वर्षीय र इटहरी उपमहानगरका ५६ वर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । धरानमा मंगलबार थप २ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved