प्रदेश १ सरकारलाई युएनडीपीद्धारा स्वास्थ्य सामग्री सहयोग

  • कार्तिक ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । संयुकत राष्ट्र संघीय विकास कार्यक्रम(युएनडीपी) ले प्रदेश १ सरकारलाई रु. ७५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरेको छ ।

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई ती स्वास्थ्य सामग्री तथा उपकरण सोमबार हस्तान्तरण गरिएको छ ।

युएनडीपीले पीसीआर परीक्षणमा प्रयोग हुुने अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटरलगायत समग्री सहयोग गरेको हो । एक कार्यक्रमबीच सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीलाई युएनडीपीका प्रदेश १ र २ का कार्यालय प्रमुुख धनबहादुुर चन्दले स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

मन्त्री घिमिरेले विराटनगरस्थित कोभिड अस्पतालको क्षमता विस्तार गर्न लागेको बताउँदै प्राप्त सामग्रीले सहयोग पुग्ने बताए । भने,“अस्पतालमा थप बेड विस्तारसहित १५ वटा भेन्टिलेटर राख्दैछौं ।” विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले महानगरपालिकाले निजीस्तरको सहयोगमा अक्सिजन सहित एकसय बेडको प्रिकोभिड केयर सेन्टर (अस्पताल) संचालन गर्ने तयारी रहेको जानकारी दिए ।

युएनडीपीबाट प्राप्त सामग्रीबाट पीसीआर परीक्षणमा सहयोग पुग्ने कोसी अस्पताल विराटनगरका मेडिकल सुुपरिटेन्डेन्ट डा. चुुमनलाल दासले बताए ।

 

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved