अनुगमन प्रति कठोर बन्दै उपमहानगर, उपभोक्तालाइ सडेको मासु बिक्रि गर्ने ५ वटा पसल सिल

  • कार्तिक १, २०७७
  • "तेजबहादुर बन "
alt

इटहरी । कोरोना कहर बिच उपभोक्तालाइ सडेको मासु बिक्री बितरण गर्न र मापदण्ड बिनै ब्यवसाय सञ्चालन हुदै आएका इटहरीका ५ वटा मासु पसल शनिबार सिल गरिएको छ ।

उपमहानगर अन्तरगत उपभोक्ता हित तथा संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा शनिबार गरिएको बजार अनुगमन पश्चात बिपि चौक छिर्ने मुखैमा सञ्चालन भएका मासु पसलहरू अवैध रहेको पाइएकोले तत्काल सिल गरिएको हो ।
पटक पटक सम्झाउदा र चेतावनी दिदा पनि अटेर गरेर ब्यवसाय नविकरण नगरेको, सुरक्षित ढंगबाट मासु बिक्रि बितरण नगरेको, उपभोक्तालाइ सडेको मासु बिक्रि गर्ने गरेको, नविकरण र ब्यवसाय दर्तै नगरी पसल सञ्चालन गरेको पाइएपछि उपमहानगरको अनुगमन टोलीले ५ वटा मासु पसलमा सिल गरेको हो ।

पटक पटकको अनुगमन पश्चात पनि ब्यवसायीले उपमहानगर र प्रशासनबाट जारी गरिएको कुनै पनि मापदण्डको पालना नगरेको देखिएपछि बाध्य भएर शनिबार ताला लगाइएको इटहरी उपमहानगर अन्तरगत उपमेयर लक्षमी गौतमले बताईन ।
गत २५ गते अनुगमन गर्दा ती पसलहरुलाई खुल्ला रुपमा मासु नबेच्न र ३ दिन भित्रमा जाली लगाउन निर्देशन सहितको पत्र दिइएको थियो । शनिबार अनुगमन गर्दा उपमहानगरको निर्देशनको अवहेलना गर्नुका साथै उपभोक्ताहरूको स्वास्थ्यलाइ नै असर पर्ने गरी बासी मासु बिक्री गरेको प्रत्यक्ष देखिएपछि ताला लगाइएको उपमेयर गौतमको भनाइ छ ।

अनुगमनकै क्रममा शनिबार इटहरी मिट सेण्टर, सञ्जेल मिट सेण्टर, मामा मिट सेण्टर, लगायत बोर्ड नभएका अन्य दुइ मासु पसलमा उपमहानगरको अनुगमन टोलीले ताला लगाएको हो । विगत दुई बर्ष देखि अनुगमनका क्रममा ती पसलहरुलाई न्यूनतम मापदण्ड पालना गर्न सुझाव दिएपनि अटेर गरेकोले बाध्य भएर शनिबार ताला लगाइएको उपमेयर गौतमले जानकारी दिईन ।

विद्यार्थी–अभिभावकको ...

धरान मेघा कलेज स्थापनाको छोटो समयमै यस क्षेत्रका विद्या ...

विष्णुले फेरी इतिहाँ ...

धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस ...

विष्णुले फेरी इतिहाँ ...

धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस ...

दोश्रो एम्स एसईई रन ...

धरान ।धरान उपमहानगरपालिका वडा नं. १२ स्थित एम्स कलेजले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved