इटहरी रेडजोन घोषणा :मास्क नलगाइ हिड्नेलाई जरिवाना

  • असोज २६, २०७७
  • "तेजबहादुर बन"
alt

इटहरी । कोरोना संक्रमण (कोबिड १९ ) पुष्टि भएकाहरू मध्ये ८ जनाको ज्यान गएपछि स्थानीय सरकारले इटहरीलाइ रेडजोन घोषणा गर्दै सुरक्षाका लागि मापदण्ड बनाएको छ ।
गएको १५ दिन भित्र इटहरीमा कोरोना पुष्टि भएका मध्ये ८ जनाले ज्यान गुमाए पछि जिल्ला प्रशासन कार्यालय सुनसरी र इटहरी उपमहानगर तथा सम्बन्धित सरोकारवालाहरू सहित आइतबार बसेको बैठकले इटहरीलाइ रेडजोन घोषणा गर्दै उपयोगि मापदण्ड बनाएको हो । मापदण्डलाइ कडाइका साथ पालना गर्न निर्देशन समेत दिइएको छ ।

इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेलको उपस्थितिमा बसेको आपतकालिन बैठकले इटहरीमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएकोले ततकाल मापदण्ड बनाइ कार्यान्वयन गर्नुको बिकल्प नरहेको इटहरीकी उपमेयर लक्ष्मी गौतम बताईन ।

कोरोना संक्रमण समुदाय स्तरबाट पनि नियन्त्रण बाहिर जान थाले पछि तोकिएका कोभिड अस्पतालहरूमा समेत बिरामिहरूको चाप बढ्दै गएको छ । चिकित्सकहरूले पनि तत्काल लकडाउन गर्न अनुरोध गरिरहेकै बेला इटहरीलाइ रेडजोन सहित उचित मापदण्ड बनाइ कार्यान्वयन गर्नुको बिकल्प नदेखिएको सम्बन्धित सरोकारवालाहरूको भनाइ छ ।

आइतबार बसेको बैठकले इटहरीको मुख्य बजार, वार्ड नं ९, तरहरा, खनार वजार, पकली चौकलाई उच्च जोखिम क्षेत्रमा राखेको छ । साथै बढिजसो भिडभाड हुने स्थानहरू उपमहानगरका कार्यालय, यातायात कार्यालय, बिद्युत प्राधिकरण, इटहरी अस्पताल र बैकका शाखाहरूलाइ रेडजोन घोषणा गर्दै निषेधित क्षेत्र तोकिएको छ ।

वैठकले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि ब्यवस्थापन तथा अनुगमन सम्वन्धि पारित गरिएको अन्य मापदण्डहरूमा संक्रमणबाट जोखिम मानिएका क्षेत्रहरूमा नियमित अनुगमन गरिने, निर्णय भएका बुदाँहरूको तत्काल कार्यान्वयन पक्षमा ध्यान दिने, बिना प्रायोजन घरबाट बाहिर निस्कन नपाइने र बजारमा निस्कदा अनिवार्य मास्क प्रयोग गर्नैपर्ने नगरेको खण्डमा १ सय रुपैया जरिवाना सहित आवश्यकीय कारवाही गरिने भएको छ ।

त्यस्तै इटहरीमा जोखिम क्षेत्र मानिएको बजारमा खुलेका ब्यवसायहरूले पनि आ–आफ्नो पसल अगाडी अनिवार्य रूपमा सावुन पानीको ब्यवस्था गर्ने, नगरेको पाइए एक पटक सचेत गराउने, पूनः उल्लंघन गरे संक्रामक रोग ऐन २०२० अनुसार कारवाहीको लागि सिफारिस गरिने भएको छ । त्यसै गरि साप्ताहिक रूपमा लाग्ने हाट बजार बन्द गर्ने, कोभिड रोग पूर्ण नियन्त्रण नभएसम्म सभा, मेला, भोज भतेर तथा सार्वजनिक कार्यक्रमहरुलाई प्रतिवन्ध गरिएको छ ।

त्यस्तै जेष्ठ नागरिक, दम, मधुमेह, उच्चरक्तचाप जस्ता दीर्घरोग भएका र गर्भवति, सुत्केरी र वालवालिकालाई उपचारका लागि वाहेक हिडडुलमा रोक लगाइएको छ । बैठकबाट भएका निर्णयहरूको कार्यान्वयन पक्षलाइ अघि बढाउन र स्वास्थ्य सम्बन्धि सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न समस्त नगरवासिहरूमा इटहरीका मेयर द्वारिकलाल चौधरीले अनुरोध समेत गरेका छन । हाल सम्म इटहरीमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या ७ सय ८१ पुगिसकेको छ भने मृतकको संख्या ८ पुगिसकेको छ ।

 

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved