धरान । चाडपर्व नजिकिदै गर्दा प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालय इटहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
विभिन्न स्थानबाट आवतजावत गर्ने यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले इटहरी उपमहानगरपालिकाको वडा नम्बर ९ मा यात्रु सहायता कक्ष संचालनमा ल्याएको हो । आइतबार सहायता कक्षको उदघाटन कार्यालयका प्रमुख प्रहरी उपरिक्षक संजिव शर्मा दासले उदघाटन गरेका छन् । चाडपर्वमा देशका विभिन्न स्थानबाट आवतजावत गर्ने यात्रुहरुको सुविधाका लाई सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उदघाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख अर्जुन केसी लगायत स्थानीय संघसंस्थाका प्रतिनिधी, नागरिक समाज तथा यात्रुहरुको उपस्थिती रहेको थियो ।